Tuesday, October 27, 2015

अफगानिस्तान र पाकिस्तानको भूकम्पमा २७५ भन्दा बढीको मृतु हजारौ घाइते

0 comments
काठमाडौं (कार्तिक १०) । अफगानिस्तान र पाकिस्तानमा हिजोआएको ठूलो भूकम्पमा परी मर्नेको संख्या २७५ जनाभन्दा बढी पुगेको छ । हजरौ नागरिकहरु घाइते भएका छन् । घटनामा उद्धार र खोजी कार्य जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पको धक्का पाकिस्तान, अफगानिस्तानसहित उत्तरी भारतको केही सहर र ताजिकिस्तानमा पनि महसुस गरिएको थियो । साथै नेपालमा पनि भूकम्पको धक्का अनुभव गरिएको छ । समाचारअनुसार पाकिस्तानको पेसावर क्षेत्रमा बढी क्षति पुगेको छ । पाकिस्तानी आपत्कालीन व्यवस्थापन प्राधिकरणले ९४ जना व्यक्तिको ज्यान गइसकेको पुष्टि गरेको छ । 
अफगानिस्तानको एक विद्यालय क्षेत्रमा भूकम्पका कारण भागदौड मच्चिँदा कम्तिमा १२ विद्यार्थीको मृत्यु भएको छ । केही घाइते विद्यार्थीको अवस्था गम्भीर रहेको बताइएको छ । अफगानिस्तानमा १ सय २० जना घाइते भएका पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार दिउँसो अफगानिस्तानको काबुलदेखि २ सय ५६ किलोमिटरको दुरीमा रहेको हिन्दूकुश हिमालय पहाडमा केन्द्र बनाएर गएको भूकम्प ७.५ रेक्टर स्केलको रहेको अमेरिकी भुगर्भ विज्ञान केन्द्र (यूएसजीस)ले बताएको छ । यस शक्तिशाली भूकम्पमा व्यापक क्षति भएको विज्ञहरुले अनुमान लगाएका छन् ।
 वेब तस्बिर


0 comments:

Like us

 

Search

 
Enjoy the site