Saturday, October 3, 2015

भारतले अघोषित नाकाबन्दी खोल्न सम्बन्धित निकायहरुलाई निर्देशन

0 comments
काठमाण्डौ १६ असोज / नेपालको संबिधान प्रति रुष्ट हुदै भारत पक्षले गरेको अघोषित नाकाबन्दी तत्काल खोल्न भारतिय बिदेशमन्त्रालयले सम्बन्धित निकायहरुलाई शनिबार निर्देशन दिएको छ । अघोषित नाकाबन्दी खोल्ने तर्फ सकरात्मक नदेखिएको भारत चिनसंग गासिएको तातोपानी नाका खोलिए लगत्तै भारत पक्षले तत्काल भारतसंग जोडिएका नेपाली सिमानाकाहरु खोल्न निर्देशन दिएको हो ।

भारतसंग गासिएको नेपाली नाकाहरु ठप्प भइदिएपछि नेपालले चिन संग नया ब्यापारीक सम्झौता गर्ने योजना बनाइरहेको बेला भारतको बिदेश मन्त्रालयले शनिबार एकाएक सिमाक्षेत्रहरु खुल्ला गर्न भारतिय पक्षलाई निर्देशन दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि अमेरीकाको न्युयोर्कबाट दिल्ली आएलगत्तै सुरु भएको परामर्स बैठकले नेपालसंग गासिएका भारतिय सिमा नाकाहरु तत्काल खुल्ला गर्ने निणृय भए लगत्तै सम्बन्धित पषलाई शनिबार रातीबाट भारतियनाकाहरु खुल्लागरी आवश्यकिय सामग्रीहरु आपुर्ती गराउन भारतीय बिदेश मन्त्रालयले निर्देशन जारी गरेको छ ।

यता भारतीय बिदेशमन्त्रालयले सिमानाकाहरु खोल्न निर्देशन दिएपछि केही नाकाहरु शनिबारबाटै खुलेका छन भने केही अझै ठप्प रहेका छन ।नेपालका लागि भारतीय राजदुत दीपकुमार उपाध्यायले तराइका जिल्लाहरुमा जारी थारु तथा मधेश आन्दोलनका कारण नाका खुल्न केही समय लाग्ने बताएका छन । भारतबाट नेपालकालागि सामानहरु ढुवानीहुने मुख्य नाकाहरु बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुर लगायत रहेका छन ।

0 comments:

Like us

 

Search

 
Enjoy the site