Tuesday, November 10, 2015

घर बनाउने नयाँ मापदण्ड पारीत

0 comments
२४ कार्तिक काठमाडौं – सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ । मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो ।

मापदण्ड तय नहुँदासम्म नागरिकले ६ महिनासम्म घर बनाउन पाएका थिएनन् । निजीस्तरबाट पुननिर्माणका कामसमेत हुन सकेका थिएनन् । सरकार आफैंले पनि पुननिर्माण प्राधिकरण गठन नगर्दा यससम्बन्धी काम अलपत्र छन् । ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड ०७२’ मन्त्रिपरिषद्बाट पारित भएपछि निर्माणका लागि बाटो खुलेको हो । नमुनाका आधारमा निर्माण अनुमति दिने मापदण्ड छ ।

‘आंशिक रुपमा नक्सा पास भएको, १.७ मिटरभन्दा कम उचाइको भवनले स्थानीय निकायद्वारा लागू गरिएको भवन निर्माण मापदण्ड तथा संहिताअनुसार प्राविधिक प्रतिवेदनसहित निवेदन दिए नक्सा पास गरिनेछ,’ मापदण्डमा भनिएको छ ।

भवन निर्माणस्थलमै अनुमतिपत्र राख्नुपर्ने, भूउपयोगसम्बन्धी नीति कार्यान्वयनजस्ता व्यवस्था पनि राखिएका छन् । आवासीय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाइनेछैन । ३ तलाभन्दा अग्ला सबै आवासीय र धेरै भीड हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङहोमलगायत भवन निर्माण गर्दा अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने समेत उल्लेख छ ।

त्यस्तै १७ मिटरभन्दा अग्ला भवनको नक्स पासका लागि थप भौगर्भिक परीक्षण, भूकम्पीय जोखिम विश्लेषण र सोको प्रतिवेदन पनि बुझाउनुपर्नेछ । आइतबारको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site