काठमाण्डु, १९ कात्तिक– बिहीबार नेपाल र चनबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । विभिन्न नाकाको व्यापारिक मार्गमा सहजता, नेपाली बस्तुमा भन्सार छुट दिने चिनियाँ निर्णयको कार्यान्वय लगायत ११ वुँदे सहमतिमा औपचारिक हस्ताक्षर हुने भएको हो ।मंगलबारदेखि दुई मुलुकका भन्सार अधिकारीबीच २८ औं उच्च स्तरीय वार्ता सुरु र्भएको थियो । सो वार्तामा भएको सहमतिको आधारमा तातोपानी र केरुङ नाका बाहेक मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर, र मुगु नाकामा ब्यापारिक मार्ग सहज बनाउने सहमति भएको थियो ।
त्यसका साथै चीनले विभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्यन गर्ने विषयमा पनि लिखित सहमति हुने बार्ता टोलीका सदस्य एवं भन्सार बिभागका प्रवक्ता सूर्य सेढाँईले जानकारी दिनुभयो । अहिले संचालननमा रहेको रसुवाको केरुङ नाकाको स्तरोन्नती, सडक मर्मत पछि तातोपानी नाकापनि छिट्टै सञ्चालनमा ल्याउने विषयमा पनि सहमति भएको छ ।
अपरान्ह ५ वजे हुने सहमतिपत्रमा भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली वार्ताटोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
0 comments:
Post a Comment