Wednesday, November 18, 2015

नाकाबन्दीको मौका छोप्दै आयल निगमका कर्मचारी कमाउ धन्दामा

0 comments


२ मंशिर काठमाडौं । भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ

मंगलबारको नागरिक दैनिकमा खबर छ–पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपो प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ ।

‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ’ एक उद्योगीले भने । निगमले इन्धनको चरम संकट देखाउँदै गर्दा कात्तिक २६ गतेदेखि ३० गतेसम्म भारतबाट इन्धन बोकेका ३ सय ट्यांकर काठमार्डौं भित्रिएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल सामान्य अवस्थामा नियमसँगत बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो ।
निगमले आफ्नै संलग्नतामा संस्थागत रुपमै कालोबजारी गरी प्रतिट्याकंर औसत १५ लाख रुपैयाँसम्म कुम्ल्याइरहेको तथ्य खुलेको छ । सम्बद्ध व्यवसायीका अनुसार सामान्य दिनमा २० हजार लिटरको एक ट्याकर पेट्रोलको मूल्य २० लाख ८० हजार रुपैयाँ पर्छ ।

त्यति नै परिणामको डिजेलको मूल्य १६ लाख २० हजार रुपैयाँ पर्छ । त्यसरी आएको तेल निगमका उच्च अधिकारीले आफ्नो आसेपासे, नातागोता, पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महंगोमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार प्रतिट्याकंर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site