Monday, November 23, 2015

नेपाली राहदानी चार या पाँच दिनमै सर्वसाधारणले पाउने

0 comments

७ मंसिर २०७२ काठमाडौं । परराष्ट्र मन्त्रालयले द्रुतसेवाअन्तर्गतको राहदानी चार या पाँच दिनमै सर्वसाधारणले पाउनेगरी व्यवस्था मिलउने तयारी गरेको छ । मन्त्रालय अन्तर्गतको केन्द्रीय राहदानी विभागले अत्यावश्यक प्रयोजनका लागि सर्वसाधारणले आवेदन दिएको चार या पाँच दिनभित्र राहदानी वितरण गर्नका लागि विभागले लाइभ इनरोलमेन्ट सेवा सोमबार सुरु गर्नेअन्नपूर्ण पोस्टमा खबर छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार परराष्ट्र मन्त्रालयमा उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

द्रुतसेवामा पासपोर्ट आवेदन दिने सर्वसाधारणले बाहिर भिन्ने फोटो खिचाउनुपर्ने छैन् । लाइभ इनरोलमेन्ट सेन्टरमा खटिएकै कर्मचारीले सर्वसाधारणको फाटो खिच्नेछन् । त्यस्तै सर्वसाधारणको विद्युतीय हस्ताक्षर पनि आवेदन दिँदा नै लिइनेछ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site