Tuesday, December 15, 2015

फिलिपिन्समा शक्तिशाली आँधीका कारण धेरै धन जनको क्षति

0 comments

१३ मंसीर मनिला , फिलिपिन्समा शक्तिशाली आँधीका कारण मङ्गलबार कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको जनाइएको थियो ।

मङ्गलबार बिहानीपख त्यहाँ शक्तिशाली आँधी आएको छ । त्यसमा परी चारको मृत्यु हुनुको साथै अरु कैयौँ व्यक्ति हराइरहेका छन् । फिलिपिन्सको सरकारले सोमबार मात्र पनि आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताएको थियो ।

तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरु घर छोडेर भागेका र स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको बताइएको छ ।  मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।

मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका बासिन्दामा त्रास छाएको बताइएको छ । सो त्रासका कारण उक्त क्षेत्रबाट दशौँ लाख नागरिकलाई अन्यत्रै सारिएको छ ।

उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रति घन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ । क्रिश्मसको सुरुवातको समयमा उक्त चाड मनाउने तयारी गरिरहँदा नागरिकमा यो भागाभाग सुरु भएको हो । फिलिपिन्समा कम्तीमा पनि ८० प्रतिशत नागरिक क्रिश्चियन धर्म मान्ने गर्छन् ।

समार भनेको सन् २०१३ मा आँधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ सो समारमा मात्र त्यस वर्ष आएको आँधीबाट सात हजारभन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।

समार र अलबे क्षेत्रका १५ लाख व्यक्तिलाई त्यहाँबाट उद्वार गरेर सोमबारै अन्यत्रै सारिएको थियो । सो क्षेत्रमा जारी रहेको हावाहुरीका कारण अहिले पनि कैयौँ घरका छाना उडाएको र रुख ढालेको छ ।

अधिकारीहरुले सम्भावित खतराको अवस्थामा रहेका त्यस क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्वारका लागि पनि तयारी अवस्थामा रहेको जनाएको थियो ।

तर सोमबार रातिदेखि नै आँधी आएको हो । नागरिकहरु यसवर्ष क्रिश्मस मनाउन नपाएकोमा दुःखी भएका छन् । उनीहरुले यस समयमा घर छोडेर विस्थापित हुनुपर्दा ठूलो पीडाबोध भएको जनाएका छन् । रासस/एएफपी

0 comments:

Like us

 

Search

 
Enjoy the site