Monday, December 7, 2015

दोस्रो बिहे गर्न आफ्नै ४ छोराछोरीको हत्या

0 comments
    गत मंसिर ९ गते आफ्नै चार जना छोरा छोरीलाई जिउदै एउटै खाल्डोमा पुरेर दोस्रो बिबाह गर्ने योजना बनाएका मुगु ह्याँग्लु गाविस रिगा गाउँ निवासी २४ वर्षका नन्दकृष्ण रोकाया यतिखेर पुर्पुरोमा हात लाउन बाध्य भएका छन् । दोश्रो विवाह गर्न छोराछोरी वाधक भएपछि उनीहरुको सामुहिक हत्या गरेको रोकायाले स्वीकार गरेका छन् । मुगु सदरमुकाम गमगढी देखि दुई दिन टाढा पर्ने डोटी जिल्ला कि एक युवतीसंग प्रेम जालमा परेपछि युवतीसंग बिबाह गर्न घरका चार सन्तान बाधक बने पछि ति चारै जना छोरा छोरीलाई आफनै खेतको आलीमा खाल्डो खनि जिउदै गाडेको रोकायाले बताएका छन् । १५ बर्षमै गाँउकै बाँचु भण्डारीसंग बिबाह गरेका रोकाया बेलामा बेलामा कामको खोजीमा भारत जाने गरेका थिए । कामको सिलसिलामा भारतबाट फर्कदा डोटीमा पुगेको र त्यहीको युवतीको मायाजालमा फसेका रोकायाले आफु अविवाहित भएको ती युवतीलाई बताएका थिए । तर विवाह गरेर घर भित्रयाउन आफ्ना चार बच्चा बाधक भएकाले खाल्डो खनी उिउदै खाल्डोमा हाली कोदालोले हिर्काई हत्या गरेको रोकायाले जिल्ला प्रहरी कार्यालय मुगुमा भेला भएका संचारकर्मीलाई बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोम थापाका अनुसार प्रहरीले ९ गते देखि हराएका भनिएका चारै जना बालबालिकालाई १३ गते प्रहरीले खाल्डोमा पुरिएका अबस्थामा भेटिएपछि त्यहि दिन हत्या गरिएका बालबालिकाको बाबुलाई आफनो नियन्त्रणमा लिएको थियो । चारैजना छोरा छोरीलाई हत्या गर्नका लागि उनले दुई दिन अगाडिबाटै योजना बनाएका थिए ।


0 comments:

Like us

 

Search

 
Enjoy the site