Sunday, January 3, 2016

मधुमेह कम गर्ने घरेलु बिधिहरु

0 comments
काठमाडौं । मधुमेह साधारणका साथै खतरनाक रोग हो । साधारण यसकारण हो किनभने खानालाई मिलाएर खाने, दैनिक व्यायाम गर्ने र औषधीको सेवन गर्ने हो भने मधुमेह रोगी साधारण मानिसले जस्तै आफ्नो जीवनयापन गर्न सक्छन् तर रोगलाई वास्ता नगरी असावधानी अपनाए यसले मानिसहरुको ज्यानै लिने खतरा हुन्छ त्यसकारण यो खतरनाक र साधारण दुबै रोग हो ।

आजकालको जीवनशैलीमा यो रोग तेज रुपमा बढिरहेको छ जसका कारण यो रोगका बिरामी हरेक घरमा पाइन थालेको छ । मधुमेहले मानिसको आँखा, दिमाग, मुटु आदिमा नराम्रो असर पार्ने गर्दछ । यो रोगको मुख्य कारण खानपिन ठिक तरिकाले नगर्नु र इन्सुलिनको कमीको कारणले हुने गर्दछ । थाहा पाउनुस्, मधुमेहलार्इ कन्ट्रोल गर्ने केही घरेलु उपायः कम गर्ने घरेलु बिधिहरु
– तुलसी एक चमत्कारी बोट हो जुन हरेक रोगको लागि अमृत समान हुन्छ । तुलसीको पातमा अत्यधिक मात्रामा एन्टीअक्सीडेन्ट्स र आवश्यक तेल पाइन्छ जुन इन्सुलिनप्रति संवेदनशील बनाउनमा सहायक हुने गर्दछ । यसका लागि तुलसीको एक चम्चा रसलाई खाली पेटमा खाँदा ब्लड सुगरको मात्रालाई घटाउने गर्दछ ।
– ग्रीन टीले ब्लड सुगर कन्ट्रोल गर्नसक्छ । यसका लागि बिहान अथवा बेलुका खाना खानुभन्दा पहिले एक कप तातो ग्रीन टी पिउनुहोस् ।
–दालचीनीले इन्सुलिनको संवेदनशीलतालाई बढाउनुका साथै ग्लूकोजको स्तरलाई कम गर्ने गर्दछ । दैनिक आधा चम्चा दालचीनीलाई आफ्नो जीवन शैलीमा संलग्न गर्नुहोस् ।
– मधुमेह रोगीलाई भोकभन्दा थोरै कम र हल्का भोजन खाने सल्लाह दिइन्छ । त्यसकारण उनीहरुलाई पटक–पटक भोक लाग्ने गर्दछ । यसको लागि काँक्रो खानुहोस् । यसले भोक मेटाउने गर्दछ ।
–मधुमेहमा उमालेको करेलाको रस पिउनु निकै फाइदाजनक मानिन्छ । यसले सुगर लेभललाई निकै कम गर्ने गर्दछ ।
 –मधुमेह रोगीले लौका, परवल, पालुङ्गो, मेवा अत्यधिक मात्रामा खानुपर्छ ।
– निमको पातमा आश्चर्यजनक औषधीय गुण हुने गर्दछ । यसको सेवनले इन्सुलिनको मात्रा बढ्ने गर्दछ भने ग्लूकोजको स्तर कम गर्दछ । यसको लागि निमको कमलो पातलाई खाली पेटमा खानुहोस् ।
– मधुमेह रोगीलाई योगले सबैभन्दा बढि फाइदा पुर्याउँछ । यसका लागि दैनिक आधा घण्टा योग गर्नुपर्छ ।
 –मधुमेह रोगीले दुधको साथै दही र पनिर पनि खानुहोस् ।
– मधुमेह रोगीले दिनमा सुत्ने, चिल्लो र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ ।
– अमलाको रसलाई करेलाको रससँगै दैनिक खानुहोस् । यसले मधुुमेह कन्ट्रोलमा रहने गर्दछ ।
– दैनिक ५० ग्राम मेथी खानुहोस् । यसले ग्लूकोजको स्तर कम हुने गर्दछ र मधुमेहबाट राहत मिल्नेछ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site