Wednesday, January 27, 2016

नेपालमा सबैभन्दा भ्रष्ट नेता, सरकारी कर्मचारी, प्रहरी, वकिल र न्यायाधीश

0 comments

काठमाडौँ, १३ माघ । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ ।

 एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ । अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए । सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएको नागरिक दैनिकमा समाचार छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site