Sunday, January 3, 2016

साउदीमा धर्मगुरु सहित४७ जनालाई मृत्युदण्ड दिइयो

0 comments

१९ पौष आइतबार २०७२ - साउदी अरेबियामा शिया धर्मगुरुसहित ४७ जनालाई मृत्युदण्ड दिइयो, धर्मगुरु शेख निमरलाई दिएको मृत्युदण्डको निकै महंगो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी

साउदी अरेबियामा शिया धर्मगुरु शेख निमर अल निमरसहित एकै दिन ४७ जनालाई मृत्युदण्ड दिइएको छ । गत वर्षको अक्टोबरमा साउदी अरेबियाको सर्वोच्च अदालतले निमरको मृत्युदण्डको माफीको अपिललाई खारेज गरेको थियो ।

शनिवार मृत्युदण्ड सुनाइएका अधिकांश सन् २००३ देखि ०६ सम्म अलकायदाले गरेका विभिन्न आक्रमणमा सहभागी रहेको साउदीको गृह मन्त्रालयले जनाएको छ । साउदी अरेबियाको पूर्वी प्रान्त क्वाटिफका निमर चर्चित शिया नेतामध्येका एक हुन् । उनी सत्तारुढ अल सायद परिवारको खुल्ला रुपमा आलोचना गर्ने र निर्वाचनको माग गर्ने धार्मिक नेताकारुपमा पनि चिनिन्छन् । प्रजातान्त्रिक माग गर्ने निमरलाई सन् २०१२ मा पक्राउ गरिएको थियो ।

साउदीको गृहमन्त्रालयले निमरविरुद्ध प्रहरीमाथि हमला गरेको र शिया बहुल इरानका लागि काम गर्ने गरेको आरोप लगाएको थियो । यसैवीच, धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएकोमा इरानले साउदी अरबलाई ‘निकै भारी मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । यसअघि पनि सन् १९९५ मा एकै पटक १ सय ९२ जनालाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी २०१४ मा कम्तीमा पनि  ९० जना र २०१५ मा कम्तिमा पनि १ सय ५७ जनालाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site