Monday, January 4, 2016

भारतमा गएको भूकम्पमा ६ को मृत्यु र १०० भन्दा बढी घाइते

0 comments

२० पुष । सोमबार एकाविहानै नेपाल र भारतको पूर्वि क्षेत्रमा ६ . ८ रेक्टरको शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ। पूर्वोत्तर भारतको मनिपुरलाई केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्पपछि परकम्प जान सुरु गरेको छ। मनिपुरलाई केन्द्र बनाएर आएको भूकम्पले नेपालको राजधानी काठमाडौंलगायत पूर्वी र पश्चिम भेगका जिल्लाहरुमासमेत धक्मा महशुस भएको थियो। भारतीय संचारमाध्यमहरुका अनुसार सोमबार विहान स्थानीय समय अनुसार ९ बजेर ३८ मिनेटमा ३ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको हो। भारतीय संचारमाध्यमले सो भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भइसकेको र सयभन्दा बढी घाइते भएको जनाएका छन्।भूकम्पले भारतका असाम, बिहार, मणिपुर, गुवाहाटी, डिब्रूगढलगायत पूर्वोत्तर भारतमा बढी असर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण केहीको ज्यान गएको छ भने केही घाइते भएका छन्। उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site