Monday, January 4, 2016

पूर्व अर्थमन्त्री राम शरण महत २०१५को उत्कृष्ट अर्थमन्त्री घोषित

0 comments

पुष २०, काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्रीमा छानिनु भएको छ । बेलायती पत्रिका द बैंकरले हरेक बर्ष सार्वजनिक गर्ने सूचिमा महत विश्व र एसिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री छानिनु भएको हो । ‘गत बैशाखको भूकम्प लगत्तैको उद्धार र त्यसपछि अन्तराष्ट्रिय सहायता ल्याउन महतले गरेको कामले एसिया प्रसान्त क्षेत्र र विश्वभरिकै उत्कृष्ट अर्थमन्त्री हुनुभएको द बैंकरले जनाएको छ ।
 बैंकरका अनुसार उसले हरेक बर्षको जनवरी अंकमा उत्कृष्ट अर्थमन्त्री सार्वजनिक गर्ने गरेको छ । यसअघि हाल भारतका राष्ट्रपति प्रणव मुखर्जी अर्थमन्त्री छँदा एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ट हुनुभएको थियो । यसपटक महत भने दुवै तर्फ उत्कृष्ट हुनुभएको हो ।  

0 comments:

Like us

 

Search

 
Enjoy the site