Monday, January 4, 2016

पूर्वमन्त्री तथा राष्ट्रभक्ती एमाले नेता लालबाबु पण्डित अस्पताल भर्ना

0 comments

२० पौष २०७२ -नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका छन्।

उनलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए।


अस्पतालका प्रमुख डा बिमल थापाको समूहले अहिले उनको उपचार गरिरहेको छ। नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ। मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिए। रासस 

0 comments:

Like us

 

Search

 
Enjoy the site