Saturday, January 2, 2016

१५० मिलियन अमेरिकी डलर प्रतिग्राम पर्ने महँगो बस्तु

0 comments

प्लाटिनम, हिरा, सुन वा चाँदी कुनै समय संसारका अति बहुमूल्य वस्तुका रुपमा यी सामाग्रीको पहिचान थियो । तर अहिले मानिसले सुनभन्दा बहुमूल्य वस्तु निर्माण गरेका छन् । मानिसले कार्बनमा आधारित रहेको बनाएको यो सामाग्रीको मूूल्य प्रतिग्राम १ सय ५० मिलियन अमेरिकी डलर पर्न जान्छ ।
अक्फोर्ड विश्वविद्यालयको ल्याबमा गत वर्ष बेलायती वैज्ञानिकहरुले यो सामाग्री बनाएका हुन् । यसमा कार्बन एटम र नाइटोजन एटम समावेश छ । यसको आकारका कारण यसलाई बकी बल नाम दिइएको छ ।



यसका थुप्रै विशेषताहरु छन् । यसलाई साना अटोमिक घडी बनाउन प्रयोग गरिन्छ । यो घडीले दिने समय संसारकै सबैभन्दा सही समय हुन जान्छ । सन् २००१ देखी यस क्षेत्रमा सक्रिय रहेर काम गर्दै आएका वैज्ञानिक डाक्टर किरियाकोस प्रोफिराकिस भन्छन्, यस्तो घडीलाई तपाईको स्मार्टफोनमा राख्दा कस्तो देखिन्छ भन्ने कल्पना गर्नुहोस् । त्यसैमा मज्जा आउँछ । उनी कार्बन मेटेरियल्स डिजाइनरका संस्थापक समेत हुन् । उनका अनुसारमा मोबाइलमा यसको प्रयोग नयाँ क्रान्ति हो ।
अहिले तत्कालका लागि भने एटोमिक घडीहरु कोठामा झुड्याउने किसिमको रहेको बताउँछन् । तर केही समयपछि प्रत्येक मोबाइल फोनमा यसको प्रयोग हुने उनको विश्वास छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site