Saturday, February 13, 2016

१२औ सागमा नेपालले माल्दिभ्सलाई ४-३ गोलले हराई फाईनलमा पुग्यो

0 comments

१ फाल्गुन २०७२। दश खेलाडीमा सीमित नेपालले अन्ततः फाइनलमा पुग्नका लागि माल्दिभ्सले तेस्र्याएको तगारो तोडेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल विजयी भएको छ । माल्दिभ्समाथि ४-३ को नतिजा निकाल्दै नेपाल फाइनलमा पुगेको हो । ढाकामा सम्पन्न बंगबन्धु गोल्डकपमा माल्दिभ्स बिरुद्ध ह्याट्रिक गरेका नवयुगले सागमा पनि माल्दिभ्स बिरुद्ध ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो उनको दोस्रो ह्याट्रिक हो । निर्धारित समयसम्म २-२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा नेपाल विजयी भएको छ । माल्दिभ्सले अतिरिक्त समयको २४ औ‌ मिनेटमा एक गोल गरेर अग्रता लिए लगत्तै नेपालका नवयुग श्रेष्ठले २८ औं र ३० औं मिनेटमा गोल गरे । यसअघि नेपालका लागि अन्जन विष्टले १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो गोल उत्कृष्ट लयमा रहेका नवयुग श्रेष्ठले ३६ औं मिनेटमा गरे । आजको खेलमा नेपालका कमल श्रेष्ठले रातोकार्ड पाए । फल गरेपछि दोस्रो पहेंलो कार्ड खाँदै कमल मैदान छाड्न बाध्य भएपछि नेपाल दश खेलाडीमा सीमित थियो । नेपालले अब उपाधीका लागि भारतको सामनाा गर्नेछ । नेपालले १९८४ र १९९३ मा साफ गेम्सको फुटबलमा स्वर्ण पदक जितेको थियो ।



0 comments:

Like us

 

Search

 
Enjoy the site