Wednesday, February 24, 2016

भबिस्यको वसिङ्ग मेशिन डोल्फी नामक हलुको सानो यन्त्रको अविस्कार

0 comments

फाल्गुन ११, २०७२। वैज्ञानिकहरूले लुगा धुने वासिङ मेसिनको भरपर्दो विकल्पका रूपमा डोल्फी नामक अत्यन्तै सजिलो, हलुका र हातैमा अटाउने यन्त्रको आविष्कार गरेका छन् । हालको आधुनिक भनिएको वासिङ मेसिन लुगा धुन झन्झटपूर्ण र खर्चालु छ । त्यस्तै वासिङ मेसिन आकारमा सानो दराजजत्रो हुने भएकाले मेसिन चलाउने उपभोक्ताहरूलाई दिक्क हुने गरेका छन् । भर्खरै आविष्कार गरिएको डोल्फी लक्स साबुनजत्रो आकार–प्रकारको भएको बताइन्छ । हलुका, बोक्न र चलाउन सजिलो यो मेसिनले वासिङ मेसिन युगको अन्त्य गर्ने दाबी गरिएको छ ।
अल्ट्रासोनिक साउन्ड टेक्नोलोजीमा आधारित यो उपकरणलाई औद्योगिक स्तरमा उत्पादन एवं बिक्री–वितरण गर्न इन्डिएगो नामक वेबसाइटमार्फत लगानी गर्न विभिन्न दाताहरूबाट अहिलेसम्म १० लाख डलर संकलन गरिसकिएको छ । डिटरजेन्ट पानीमा भिजाएर राखिएको लुगाको बीचमा डोल्फी मेसिन राखेपछि यो मेसिनले ध्वनि तरंग (साउन्डवेभ) को माध्यमबाट लुगाबाट सारा मैला, फोहर तथा दागहरू हटाएर त्यसलाई सफा गरिदिन्छ ।
यो यन्त्र प्रयोग गर्न पनि सजिलो छ । ठूलो प्लास्टिक वा आल्मुनियमको भाँडामा वा वेसिनमा डिटरजेन्ट पाउडरसित पानीमा भिजाएर लुगालाई राख्नुपर्छ र लुगाको बीचमा डोल्फी यन्त्र राखिदिनुपर्छ । आधा घण्टाभित्र ध्वनितरंग (अल्ट्रासोनिक साउन्डवेभ) मार्फत पानीका फोकाहरू बनाउँदै र प्याटप्याट फुटाउँदै यन्त्रले सबै लुगालाई सफा गरिदिन्छ ।
१ सय डलर मूल्यको यो यन्त्रले छिनभरमै कुनै पनि आल्मुनियम र प्लास्टिकको बट्टा वा बेसिनलाई आधुनिक वासिङ मेसिनमा परिणत गरिदिन्छ । यो यन्त्रको प्रयोगमा कपडाको रङ जाने वा खुइलिने समस्या हुँदैन । मैलो र दाग हटाउन कपडालाई हातले रगड्नु पर्दैन । सन् २०१६ को पहिलो तीन महिनामै ८ हजारवटा डेल्फी मेसिन उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिइएको छ ।
जर्मन व्यवसायी लेना सोलिसले यात्राका क्रममा यो यन्त्रको आविष्कार गरेकी हुन् भने एन्ड्रेफान्गुएरोले यो उत्पादनको डिजाइन गरेका हुन् । लुगाकपडा सरसफाइको पूरै प्रणालीलाई परिवर्तन गर्ने विश्वास गरिएको यो यन्त्र दैनिक एवं व्यक्तिगत प्रयोगका लागि थप किफायती र उपयोगी सावित हुने बताइएको छ । यो यन्त्रको प्रयोगले वासिङ मेसिनमा विश्वभर खपत हुने लाखौं युनिट विद्युत् बचत गर्न सकिनेछ । इन्डिएगो वेबसाइटमार्फत यो मेसिन अनलाइन खरिद गर्न सकिन्छ । एजेन्सी

0 comments:

Like us

 

Search

 
Enjoy the site