Friday, February 26, 2016

आफु मरेर भएनी अन्य यात्रुलाई बचायो काष्ठमण्डप एयरका पाइलटले

0 comments
नेपालगंज,फागुन १४-‘जुम्लाका लागी नेपालगंजवाट उडेको जहाज कालिकोटको डाँडामा पुग्दै थियो अचानक प्वाट्प्वाट् गरेको आवाज आयो । यात्रुले के भयो भन्दै सोधेपछि मुख्य पाइलट दिनेश न्यौपानेले यात्रुलाई नआत्तिन आग्रह गरे । उनले सबैलाई सान्त्वना दिँदै भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए ।

विमानमा यात्रा गरेका गोविन्द प्रसाद भण्डारीले भने ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’लगातार चार चोटी जाहाजमा प्वाट् प्वाट् आवाज आएपछि म वेहोस भए त्यसपछि केहि थाहा भएन ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस २ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो ।

यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिम्रिक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’  पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’

0 comments:

Like us

 

Search

 
Enjoy the site