काठमाडौँ , फाल्गुन २९ - नेपाली कांग्रेसको १३औ महाधिबेशनको केन्द्रीय सदस्यमा आदिवासी जनजाति तर्फबाट पुरुष तर्फ ३ पदमा चिनकाजी श्रेष्ठ, बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् भने महिला २ पदमा सीता गुरुङ र रत्न शेरचन विजयी भएको निर्वाचन समितिका प्रदिप पराजुलीले जानकारी दिएका छन् ।चिनकाजी श्रेष्ठले ९४७ ल्याएका छन् भने बहादुर सिंह लामाले ७६७ मत ल्यायेरका छन् त्यस्तै कल्याण गुरुङले ७३४ मत ल्याएर विजयी भएका छन् । महिला तर्फ सीता गुरुंगले १२७४ र रत्न शेरचनले ८४७ मत ल्याएर विजयी भएकी छन् ।
0 comments:
Post a Comment