Monday, March 14, 2016

अब नोटमा स्टिच , केरमेट र जथाभावी च्यात्न नपाइने

0 comments
सर्बोच्च अदालतले नोटमा जथाभावी फोहोर नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नोटमा स्टिच नगर्न, केरमेट र जथाभावी नच्यात्न राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोटमा हुने लापरबाही रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।


रिटमाथि सुनुवाई गर्नुहुँदै न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सरकार र बैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अव बैंकहरुले नोटमा फोहोर गर्न नपाउने भएका छन् । पछिल्लो समय बैकंहरुवाट नै नोटमा स्टिज गरी भद्द वनाउने काम हुँदै आएको थियो । सर्वसाधारणहरुले पनि नोटमा जथाभावी लेख्ने गरिरहेकोले नेपाली नोट छिट्टै फोहर हुने गरेको राष्ट्र बैंकको गुनासो रहँदै आएको छ । संसारका अरु मुलुकका नोटहरुमा फोहर भए प्रयोगमा नै आउदैनन् । सर्वोच्चको अन्तरिम आदेशसँगै अव नेपाली नोटहरु पनि सफा हुने विश्वास गरिएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site