Monday, August 15, 2016

प्रथम तामाङ महिला मन्त्री, राधिका तामाङ

0 comments

काठमाडौं, साउन ३१ विस्तारित मन्त्रीपरिषदमा पाँच जना मन्त्री र ४ जना राज्यमन्त्री थपिएका छन् । मन्त्रीहरू मध्यका एक राधिका तामाङ कृषि राज्यमन्त्रीमा नियुक्ति भएको हो । "राधिका तामाङ २०४० साउन १७ गते जन्मेका  थिए । उनी नुवाकोट जिल्ला, लिखु गाविस–४ पोखरेका हुन्। थर लो। बुबा शेरबहादुर तामाङ । आमा राम्री तामाङ। उनको विवाह सिन्धुली जिल्लाका दलबहादुर स्यांतानसंग भयो। एउटा छोरा छन्। उनले आफ्नी आमाबाट राजनीति गर्न प्रेरणा पाइन्। उनी २०५५ मा विद्यार्थी राजनीतिमा प्रवेश गरिन् र तत्कालीन माओवादीमा पूर्णकालीन सदस्य भएर छापामार बनिन्। दस वर्षसम्म उनले भूमिगत जीवन बिताइन्। 

उनी माओवादी पार्टीको जिल्ला जनसरकार प्रमूख पनि भइन्। उनी नेकपा, एमाओवादी पार्टीको समानुपातिकबाट संविधानसभा–२ मा सभासद् बनिन्। हाल उनी राजनीतिक र सामाजिक आन्दोलनमा निरन्तर सक्रिय छिन्। राधिका तामाङ माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तामाङ राष्टिय मुक्ति मोर्चा नेपालका केन्द्रिय आयोजक समितिका सदस्य समेत रहेका छन । उनी तामाङ समुदायको प्रथम महिला मन्त्री भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका ९ जनालाई समावेश गरी मन्त्रीपरिषद् तेस्रो पटक विस्तार गरेका थिए । नेपाली कांग्रेसले मन्त्री हुनेको नाम उपलब्ध नगराएपछि प्रधानमन्त्री दाहालले सपथ खाएको ११ औं दिनमा ३० साउन आइतबार पार्टीका नेतालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तेस्रो पटकको विस्तारसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site