Monday, May 25, 2015

माइग्रेन तथा टाउको दुख्ने समस्या एक मिनेटमै सँचोपार्नेे घरेलु उपाय

0 comments
टाउको दुख्ने तथा माइग्रेन समस्या साच्चैमा एकदमै पीडादायी हुन्छ । नराम्रोसँग टाउको दुख्ने समस्याले ग्रसित भएकाहरु उपचारका लागि भौतारिरहेका हुन्छन् । तर हामी मध्ये धेरैजना प्राक्रितिक उपचारका बारेमा अनबिज्ञ छन् ।


आज डिसीनेपाल तपाईहरुलाई टाउको दुख्ने समस्या तथा माइग्रेनबाट सहजै छुटकारा पाउन सकिने घरेलु उपचारका बारेमा जानकारी गराउँदै छ । हामीले जानकारी गराउँन लागेको यो हरियो र स्वादिलो जुस पिएपछि तपाईलाई टाउको दुख्ने समस्याले कहिल्यै सताउने छैन ।

स्ट्रेस तथा तनाव टाउको दुख्ने समस्याको प्रमुख कारण हो । तर पनि अन्य धेरै कारणहरु छन् जसका कारणले टाउको दुख्ने गर्छ, जस्तै असंतुलित खाना, इमोशनल टेन्सन, बाताबरणीय प्रभाव तथा खराव रहनशहन वा उठबस । टाउको दुख्ने समस्याबाट छुटकारा पाउन प्रायजसो मानिसहरु फार्मेशी पुग्छन् र केही पील्स किनेर खाने गर्छन् । तर टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि हामीसँग अचुक उपाय छ । यसले तपाईको टाउको दुख्ने समस्यालाई जडैदेखि उखेल्न मद्धत पुर्याउँछ ।

यो हरीयो जुसमा क्यालसियम र म्याग्नेसियमाको मात्रा प्रसस्त मात्रामा उपलब्ध छ जसले टाउको दुख्ने समस्याबाट बचाउँनुका साथै टाउको दुखेको निको पार्छ । हरियो जुसले टाउको दुखेको तुरन्त निको पार्छ किनकि यो हरियो जुस खाने बितिक्कै रगत सँचारद्धारा शरीरका बिभिन्न अँग तथा मष्तिश्कमा पुग्छ र तुरुन्त काम गर्न थाल्छ । यो जुुस सेवन गरेको एक मिनेट भित्रमा तपाईले सँचो महशुस गर्नथाल्नुहुनेछ ।

आवश्यक सरदामहरु:

-  एउटा कागती

-  एउटा कांक्रो

-  ३-४ कप पालुंगो लगायतको हरियो सागपात

-  २ इन्च अदुवा

-  एक कप हरियो धनियाँ

-  २ वटा स्याउ

जुस तयार पार्ने तरिका:

संपूर्ण सरदामलाई ग्राइन्डरमा राख्नुहोस् र पीन्नुहोस् । अव तपाईले चाहे जस्तै हरीयो जुस तयार भयो । धरै भन्दा धेरै फाइदा प्राप्त गर्न यो जुसलाई ताजै प्रयोग गर्नुहोस् । 

0 comments:

Like us

 

Search

 
Enjoy the site