Thursday, May 28, 2015

अमेरिकी राष्ट्रपति ओबामाले यसकारण बनाए नेपाली चेलीलाई सल्लाहकार

0 comments
– विजय थापा
वाशिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बराक ओबामाले नेपाली मुलकी अमेरिकी चेलीलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।
एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति ओबामाले नेपाली चेली सञ्जिता प्रधानलाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेका हुन् ।
सल्लाहकारमा नियुत्त, भएपछि नेपाली मुलकी चेली सञ्जिताले प्रथम पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको बताईन् ।
कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति ओबामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफुलाई हर्ष लागेको बताएकी छिन् ।
‘अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ’ भन्दै आफु यो पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक हो भनिन ।
राष्ट्रपति ओबामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गर्नु भएको छ र त्यो १९ जनामा आफू पनि परेको हु । नियुक्त भएका सबै जना कोहि स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोहि लामो समयदेखि समाज सेवामा समर्पित रहेका समाजसेवी पनि छन् ।
प्रधानले अगाडि भनिन् आफु धेरै बर्ष सम्म भुटानी पुनर्स्थापनमा काम गरेको र यस्को बिज्ञको आधारमा त्यो समितिमा आफू सबैभन्दा कनिष्ठ भएकोले आफुलाई यसमा उहाँहाहरुले नियुक्त गर्नु भएको बताईन् ।
उनले कुराकानीको क्रममा आफू सहि समयमा सहि आवाज उठाउनुपर्छ भन्ने सिद्धान्त बोकेर हिँड्ने महिला हु । आफुले गरिब दुखी, ओझेलमा परेका र सतहभित्र लुकेर बसेको समुदायको पक्षमा वकालत गर्दै आई रहेको छु । भनिन् ।
white-house-1
आवाज उठाउन नसक्ने समुदाय प्रति वकालत गर्न नडराउने, अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द पार्ने काममा तल्लिन छु । हामी एसियनहरुमा सबै भन्दा ज्यादा भाषाको पनि समस्या जस्तो देखिएको मैले अनुभूति गरेको छु । र, सबैले यो महसुस गरेका छन् भन्ने लागेको छ ।
भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गाह्रो हुन्छ भन्दै आफुले यीनै क्षेत्रमा समस्याको पहिचान गर्दै ठाउँमा बहस गरेको छु । यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हु । प्रधानले भनिन् ।
आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा अझ पनि केहि भ्रम जस्तो लागेकोले आफुले प्रथम पटक दिएको अन्तर्वार्तामा प्रष्ट राख्न चाहेको बताउँदै आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै हो । स्वयम् सेवक रुपमा काम गर्नु पर्ने हुन्छ ।
आफू जुन स्थानमा पुग्न सफल भएको छु त्यो मेरो परिवारको समर्थन र सहयोग नभएको भए यहाँ सम्म पुग्ने थिइन् भन्दै परिवार प्रति आभार प्रकट संचार माध्यमबाट दिन चाहन्छु भनिन् ।
एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु । म अहम भूमिका निर्वाह गर्न सक्छु । कुराहरु राख्न सक्छु । तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल, सल्लाह, सुझाब र प्रश्नहरु प्राप्त गरिरहेको जानकारी गराईन ।
कुराकानीको क्रममा आफु यहाँ सम्म पुग्छु भन्ने नलागेको र आफू नै आश्चर्यमा परेको बताईन् । आफू मानव अधिकारको लागि काम गरि रहेको बताउँदै जुन काम विवाद रहित हुन्छ । आफ्नो कामको ब्याख्या गर्दै मेरो काम भनेको तटस्थ हुनुपर्छ ।
जुन पदमा मलाई नियुक्त गरिएको छ, त्यो आयोगको बैठक सुरु भै सकेको छ । आफू सहभागी हुँदा नौलो नलागेको बताउँदै आफुले राज्य स्तरमा यसरी नै काम गर्ने गरेको बताईन । आयोवा राज्यमा स्थानीय स्तरमा आयोगमा उनीहरुसंगै काम गरेको छु भनिन ।
प्रधानले अगाडि भनिन् एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति हो । मेरो काम अमेरिकामा भएका सबै एसियन समुदायसंग काम गर्ने हो । आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नयाँ नियुक्तिको काममा सहज र सरल रुपमा जिम्मेबार निभाई रहेको बताईन ।
white-house
यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्दा, टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत) स्वास्थ्य, बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा म नेपाली समुदायसंग काम गर्न चाहेको बताईन ।
आफू काम नै गरेर माथि पुगेको संस्मरण गराउदै आफुले अमेरिकामा बस्ने नेपालीहरुको खाका (प्रोफ़ाइल) लेख्ने प्रयास गरि रहेको जानकारी गराईन् ।
अन्तरवार्ताकै क्रममा ज्यादा प्रचार तथा प्रसारमा रुचि नराख्ने संजिता प्रधानले आफ्नो पुर्खौली घर कोशी अञ्चल, जिल्ला संखुवासभा चैनपुर घर भएको बताइन् । उनले सुनसरी जिल्लाको धरानको बिजयपुर उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी बताईन् ।
भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी बिद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन् ।
उनी नेपाली समुदायको ईतिहासमा राष्ट्रपति द्वारा सल्लाहकार समितिको सदस्यमा नियुक्त हुने पहिलो नेपाली मुलकी महिला बनेकी छिन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site