Sunday, May 31, 2015

मेस्सी र नेईमारको गोलले बार्सिलोनालाई कोपा डेल रे को उपाधि -

0 comments
       
     लियोनन मेस्सीले उत्कृष्ट प्रदर्शन सँगै २ गोल गरेपछि बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।  प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा एथ्लेटिको विल्वाओलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजन लगातार दोश्रो उपाधी जितेको छ । केही दिन अघि मात्र स्पेनिस लालिगको उपाधि जितेको बार्सिलोनका लागि २० औ मिनेटमा लियोनन मेस्सीले गोलको खाता खोलेका थिए । ३६ औं मिनेटमा नेयमर ले गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर पारे ।पहिलो हाफमा २–० ले पछि परेको विल्वाओले दोश्रो हाफमा भने केही सुधारीएको खेल प्रदर्शन गर्यो । दोश्रो हाफको २९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोश्रो तथा टोलीका लागि तेश्रो गोल गरे । ३–० पछि परेको विल्वाआका लागि दोश्रो हाफको ३४ औ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बार्सिलोना सँगको गोल अन्तर केही कम गरेपनि त्यसपछि कुनै गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो । यो सँगै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको उपाधी २७ औं पटक जितेको छ । यस सिजनको ला लिगाको उपाधी जितिसकेको बार्सिलोनाले अर्को हप्ता च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । कोपा डेल रे मा २ गोल गरेसँगै मेस्सीले यस सिजन आफ्नो गोल संख्या ५८ पुर्याएका छन् । उनी भन्दा अघि रियलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले ६१ गोल गरेका छन् । अब मेस्सीले यस सिजन च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी नै छ । 

0 comments:

Like us

 

Search

 
Enjoy the site