Sunday, May 24, 2015

पहिरोले कालीगण्डकी नदी थुनिएर बनेको ताल ‘फुट्यो’ २०७२ जेठ १० गते १८:४२

0 comments
१० जेठ, काठमाडौं । म्याग्दीको राम्चेमा झरेको पहिरोले कालीगण्डकी नदीमा बनेको ताल फुटेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अनलाइनखबरलाई बताए अनुुसार सुरुमा ओभर फ्लो भएर कालीगण्डकी नदी बग्न सुरु भएको थियो । ‘सुरुमा ओभर फ्लो भएको थियो । झण्डै डेढ घन्टापछि ताल फुट्यो र नदीमा ठूलो पानी आयो’ उनले भने ।
उनका अनुसार ताल फुटेपछि बेनी बजारसम्म नदीको छाल पुगेको छ । बेनी बजार पुरै खाली गरिएको छ । त्यहाँ अहिले सेना, प्रहरी र सशस्त्र प्रहरी मात्र छन् । स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रमुख जिल्ला अधिकारी केसीका अनुुसार अहिलेसम्म बेनी बजारमा कुनै क्षति भने भएको छैन । पानीको सहत पनि केही कम भएको छ ।
म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।
नदी थुनिएर ताल बनेपछि बेनी बजारसहितका क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने ८ जिल्लाका नदी किनारमा सतर्कता अपनाइएको थियो । 


0 comments:

Like us

 

Search

 
Enjoy the site