Monday, June 22, 2015

उपत्यकाका टप टेन प्लस टु कलेजहरु

0 comments
      २०७२ आषाढ ६, एसएलसी दिएर प्लस टु का पढ्नका लागि कलेजको खोजीमा रहेका विद्यार्थीहरु कुन कलेज पढ्ने भनेर अलमलमा हुनुहुन्छ ? अझ कुन विषय पढ्ने भन्नेर द्धिविधामा हुनुहुन्छ । उच्च माध्यमिक शिक्षा परिषदले गत वर्षको नतिजाका आधारमा उपत्यकाका १० वटा कलेजहरु छुट्टाएको छ ।
     ललितपुरको मानभवनमा रहेको प्रसादी एकेडेमीले उच्च शिक्षामा कहिल्यै पनि ९७ प्रतिशत भन्दा तल आफ्नो नतिजा अहिलेसम्म ल्याएको छैन् । २०५७ सालमा स्थापना भएको सो कलेज प्लस टु का लागि नेपालभरीकै उत्कृष्ट हो । उसले पछिल्लो समय आफ्नो नतिजा ९८ दशमलव ७३ प्रतिशत ल्याएको थियो । विज्ञान र व्यवस्थापन पढाइ हुने सो कलेजमा ८५ जना शिक्षक छन् । विज्ञान संकायका लागि भर्ना शुल्क १४ हजार ९ सय ५० र अन्य शुल्क १९ हजार तोकिएको छ । मासिक शुल्क भने ४ हजार ५० तोकिएको छ । व्यवस्थापनका लागि भने भर्ना शुल्क १४ हजार ९ सय ५०, अन्य शुल्क १३ हजार र मासिक शुल्क ३ हजार ५० तोकिएको छ ।   
      माइतीघरमा रहेको सेन्ट जेर्भियस कलेजमा विज्ञान संकाय मात्र पढाइ हुन्छ । उसले गत वर्ष आफ्नो नतिजा ९६ दशमलव ३१ ल्याएको थियो । भर्नाका लागि शुल्क ५ हजार अन्य शुल्क ७० हजार कलेजले तोकेको छ ।
     ललितपुरको जावलाखेलमा रहेको सेन्ट मेरिज उच्च माविमा मानविकी, विज्ञान, र व्यवस्थापनमा पढाइ हुन्छ । ३ वटै संकायको  भर्ना शुल्क २० हजार, अन्य शुल्क ३० हजार र मासिक शुल्क २९ सय तोकिएको छ ।
     सल्लाघारीमा रहेको सैनिक आवासिय महाविद्यालयमा मानविकी,विज्ञान र व्यवस्थापन पढाइ हुन्छ । मानविकीका लागि भर्ना शुल्क ७ हजार ५ सय र मासिक शुल्क १५ सय, विज्ञान संकायका लागि भर्ना १० हजार ५ सय र मासिक शुल्क ९ हजार ५ सय तथा व्यवस्थापनका लागि भर्ना शुल्क ७ हजार ५ सय र मासिक शुल्क ९ हजार ४ सय तोकिएको छ ।
     बानेश्वरमा रहेको ग्लोवल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन मात्र पढाइ हुन्छ । उसले गत वर्ष ९४ प्रतिशत ९० प्रतिशत नतिजा ल्याएको थियो । भर्ना शुल्क १२ हजार, अन्य शुल्क ४० हजार र मासिक शुल्क ४ हजार कलेजले तोकेको थियो ।
    बागबजारमा रहेको काठमाडौं मोडेल उच्च माविमा मानविकी, विज्ञान र व्यवस्थापन पढाइ हुन्छ । ३ वटै निकायका लागि भर्ना शुल्क ७ हजार तोकिएको छ ।  मासिक शुल्क भने मानविकीका लागि २५ सय, विज्ञानका लागि ४५ सय र व्यवस्थापनका लागि ३२ सय तोकिएको छ ।
    जेभियर एकेडेमी उच्च मावि लाजिम्पाटमा छ । सो कलेजमा विज्ञान र मानविकी मात्र पढाइ हुन्छ । दुवै भर्ना शुल्क १४ हजार र अन्य शुल्क २५ हजार ५ सय तोकिएको छ । विज्ञानका लागि मासिक शुल्क ५ हजार, व्यवस्थापनका लागि ४ हजार तोकिएको छ ।
    एनसीसीएस उच्चमावि काठमाडौंको पकनाजोलमा छ । त्यहाँ व्यवस्थापनमात्र पढाइ हुन्छ । १९ हजार ५ सय भर्ना शुल्क, ३६ सय मासिक शुल्क तोकिएको छ ।
    भक्तपुरको दधिकोटमा रहेको मोर्डन बोर्डिङ उच्च मावि पनि उत्कृष्ट छ । व्यवस्थापनमात्र पढाइ हुने त्यस कलेजमा भर्ना शुल्क ४ हजार, अन्य शुल्क ५ हजार ७ सय र मासिक शुल्क २१ सय तोकिएको छ ।
    ललितपुरको हात्तिवनमा रहेको लिटिल एन्जेल्स उच्चमाविमा विज्ञान र व्यवस्थापन संकाय पढाइ हुन्छ । दुवै संकायको भर्ना शुल्क १४ हजार, मासिक शुल्क ४ हजार र अन्य शुल्क ३३ हजार तोकिएको छ ।


 

0 comments:

Like us

 

Search

 
Enjoy the site