Saturday, June 27, 2015

अभिरल बर्साका कारण नेपालगंज नगर डुबानमा

0 comments
    नेपालगन्ज, आषाढ ११ । दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न भागहरु डुबानमा परेका छन् ।
    अविरल वर्षाका कारण नगरका बीपी चोक, धम्बोझी चोक, सदरलाइन, सुर्खेतरोड, घरबारी टोल, फुन्टेक्रा, इदगाह रोड काँरकादो, बाँकेगाउँलगायतका ठाउँहरु डुबानमा परेका हुन् ।
      डुबानका कारण पसलहरुमा राखिएका समानहरु भिजेर नस्ट भएका छन् । नेपालगन्ज उप–महानगरपालिकाले शुक्रबार बिहानैदेखि डुबान परेको ठाउँहरुमा डोजर लगाएर पानी खोल्ने प्रयास गरिरहेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी पनि बिहानैदे सशस्त्र प्रहरी पनि बिहानैदेखि खटिएका छन् ।
     यता, राप्ती नदीको सतह शुक्रबार दिउँसोसम्म नबढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा भने राखिएको छ ।









0 comments:

Like us

 

Search

 
Enjoy the site