दुई दिनदेखि परेको लगातार वर्षाका कारण बर्दियामा ११० घर डुबानमा परेका छन्
भने सयाँै मानिस विस्थापित भएका छन् । असार १० र ११ गते आएको वर्षाका कारण
बर्दियाको बासगढी नगरपालिका–४ मा रहेको सुकुम्बासी बस्ती खल्ला गाउँमा ५४
वटा घर, सोही नगरपालिकाको वडा नं ६ ककौरामा ३१ वटा घर डुबानमा परेको प्रमुख
जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो । यसैगरी गुलरिया
नगरपालिका–२ सगमबस्तीमा २० वटा घर र सानो ताराताल नगरपालिका–१२ मा पाँच वटा
घर डुबानमा परेका छन् । दुई दिनदेखिको लगातारको वर्षाका कारण बबई र
कर्णाली नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह
५.८५ मिटरबाट बढेर ६.८५ पुगेको जल मापन केन्द्र चिसापानीले जनाएको छ । बबई
नदीको चेपागमा रहेको जलमापन केन्द्रका अनुसार त्यहाँ राखिएको पानी नाप्ने
यन्त्रले बबई नदीमा पानीको बहाव घटिरहेको देखाएको छ । नदीमा बिहान पानीको
सतह ३.८० मिटर रहेकामा अहिले ३.२० मा झरेको छ । नदीमा ६.५ मिटर पुगेमा खतरा
मानिन्छ । घर डुबानमा परेपछि पीडित विद्यालय र आफन्त कहाँ बसिरहेका छन् ।
-
0 comments:
Post a Comment