Saturday, June 27, 2015

आबुधाबीबाट भुकम्प पिडित राहत कोषमा ४३ लाख जम्मा

0 comments
       आबुधाबी- संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपालीले साँस्कृतिक कार्यक्रम गरेर संकलन गरेको राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । गएको जेठ २९ गते आबुधाबीमा गरिएको साँस्कृतिक कार्यक्रमबाट संकलन भएको ४३ लाख ६ हजार ३ सय ८० रुपैयाँ युएइमा रहेको नेपाली दूतावास मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । आइतबार दूतावासमा एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको युएइमा कार्यरत गायक प्रकाश पौडेलले जानकारी दिए ।
  कार्यक्रममा नायक राजेश हमाल, हाँस्य कलाकार दीपकराज गिरी, दीपा श्री निरौला, गायक तिलक बममल्ल, इन्द्र जिसी, गायिका सम्झना लामिछाने, प्रजिता गेलाल, आस्था राउत र डिआइडी लिटल मास्टरकी विजेता तेरिया फौजा मगरले आ–आफ्नो प्रस्तुति दिएका थिए ।   कार्यक्रमको  संयोजन एनआरएन युएईका अध्यक्ष  कृष्ण भुसालले गरेका हुन् । सहयोग संकलनका लागि आयोजित सो साँस्कृतिक कार्यक्रममा  युएईका लागि नेपाली राजदूत  धनञ्जय झा पनि उपस्थित थिए ।    कार्यक्रम  करिब ४ हजार मानिस सहभागि भएको र यो  युएईमा आहिले सम्मकै बिसाल कार्यक्रम भएको बताइएको छ ।  



0 comments:

Like us

 

Search

 
Enjoy the site