Friday, June 19, 2015

एसएलसीको नतिजा सार्वजनिक ४७.४३ प्रतिशत उत्तीर्ण (नतिजा सहित)

0 comments

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यसवर्ष परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी थिए । परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।
        नतिजा थाहा पाउन यसो गर्नुहोस - 
नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । slc.ntc.net.np, SLC risult 2072 link मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
      शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.ncell.com.np/  मा परीक्षाफल हेर्न सकिनेछ । यसवर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने नियन्त्रक द्वारेले बताए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site