Friday, June 19, 2015

SLC TOP 2072 दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका

0 comments
काठमाडौं, असार ४ - मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् ।


        शुक्रबार सार्वजनिक भएकाको  एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।
       दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।
    दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।
बाबु कृष्णप्रसादले गुरु र अभिभावकको ट्रयाकमा हिंडेकाले छोराले सफलता पाएको बताए ।
विद्यालयका प्रिन्सिपल ध्रुव पोखरेलले ७० जना सहभागी भएकोमा ६४ जनाले डिस्टिङ्सन र बाँकी ६ जना विद्यार्थीले फस्ट डिभिजनमा पास भएको बताए ।
      अघिल्लो वर्षको एसएलसीमा भने अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी दृष्टि गिरी र रिलायन्स एकेडेमी, कपनका संजोग कार्कीले समान ९४ दशमलव १२ प्रतिशत अंक पाएका थिए ।

दीक्षितले पाएको अंक

अंग्रेजी– ९५

नेपाली– ८६

गणित– ९८

विज्ञान– ९८

सामाजिक शिक्षा– ८३

स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३

अतिरिक्त गणित– ९९

कम्प्युटर विज्ञान– १००

जम्मा– ७५२




     तेस्तै अर्का बिधार्थी मध्यपुर थिमीमा रहेको विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयले आफ्नो विद्यालयकी छात्रा रुवि श्रेष्ठ नेपालटप भएको दाबी गरेको छ । अन्य स्थानबाट दाबी आउने क्रम जारी रहँदा भक्तपुरमा भने यो समाचार तयार हुदाँसम्म उक्त विद्यालयकी छात्रा रुवि श्रेष्ठले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले दाबी गरे । उनले आज प्रकाशित परिक्षाफलको नतिजाअनुसार ०२८३०२७ Q सिम्बोल नं भएकी श्रेष्ठले
अनिवार्य अंग्रेजीमा विषयमा  ९०,
नेपालीमा                             ८५,
गणितमा                              ९९,
 विज्ञान                                ९६,
सामाजिक                            ८४,
 स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४,
ऐच्छिक गणितमा                ९८
र कम्प्युटर विज्ञानमा          ९७
    अंक प्राप्त गरेको प्रिन्सिपल प्रजापतिले जानकारी दिएका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site