Sunday, June 14, 2015

अण्डा खानाले हुने बिभित फाइदाहरु

0 comments
         जेष्ठ ३१,हामीले कहीँ कहीँ गर्मीमा अण्डा खानाले झन् गर्मी बढ्छ भन्ने कुरा सुन्दै आएका छौँ। तर यो कुरा हामीले कति मात्रामा अण्डा खान्छौँ भन्ने कुरामा भर पर्छ। कुनैपनि खानेकुरा चाहिने भन्दा धेरै खानु राम्रो हुँदैन। त्यसैले धेरै होइन, शरिरको अवस्था र उमेर हेरेर दिनहुँ एक–दुईवटा अण्डा खानाले स्वास्थयमा लाभ पुग्दछ। यसले छाला र कपालको सुन्दरता बढाउनुका साथै शरिरलाई आवश्यक तत्वहरुको पनि पूर्ति गर्दछ।
दिनहुँ अण्डा खानाले हुने ८ विशेष फाइदाहरु निम्न छन्। 
 
१. शरिरमा शक्ति प्रदान गर्छः अण्डाको सेतो भागमा ३.६ ग्राम र पहेलो भागमा २.७ ग्राम गरी ६.३० ग्राम प्रोटिन र अरु पोषक तत्वहरु पाइन्छ। यसले गर्दा अण्डा खानाले शरिरमा दिनभरि शक्ति प्राप्त हुन्छ। यसमा शरिरलाई आवश्यक पर्ने एमिनो एसिड पनि रहेको हुन्छ। साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ।
 
२. आइरनको कमीको समस्या हटाउँछः धेरै मानिसहरुलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्याहरु आउँछन्। आइरनले अक्सिजनसँग मिलेर शरिरको प्रतिरोधात्मक सिस्टमलाई ठीक राख्छ। यसले मेटाबोलिज्म स्तरलाई पनि नियन्त्रण गर्छ। अण्डाको पहेलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले रुचाउँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयूक्त हुन्छ।
 
३. पोषणको कमी पुरा गर्छः  अण्डामा शरिरलाई आवश्यक पर्ने धेरैजसो पोषक तत्वहरु पाइने हुनाले चिकित्सकहरुले पनि अण्डाको सेवन गर्न जोड दिन्छन्। यसमा भिटामिन ए, ई का साथमा बी १२ पनि पाइन्छ।
 
४. मोटोपन कम गर्नमा सहयोगीः बिहानको खाजामा १-२ अण्डा खानाले शरिरलाई चाहिने पोषणको पूर्ति गर्छ।  त्यसैले अण्डा खाएर मोटाइन्छ भन्नेहरुले दिनमा हलुका केही खान सकिने र ओभर डाइटिङबाट पनि बच्न सकिने विशेषज्ञहरु बताउँछन्।
 
५. दिमागलाई स्वस्थ्य राख्छः अण्डामा पाइने कोलीन पोषण दिमागको विकासका लागि फाइदाजनक हुन्छ। यसले दिमागलाई चालू राख्छ र लामो समयसम्म सम्झने शक्तिमा पनि बृद्धि गर्छ। गर्भवती महिलाले अण्डाको सेवन गर्नाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ।
 
६. आँखाको ज्योतिमा सहयोगीः दिनहुँ अण्डा, पालुङ्गो र ब्रोकाउलीको सेवनले आँखा सम्बन्धी थुप्रै समस्याहरुको समाधान गर्छ। अण्डमा भएको एन्टी–अक्सिडेन्ट, ल्यूटिन र जिजेन्थिन तत्वहरु आँखा स्वस्थ्य राख्न आवश्यक पर्ने तत्वहरु हुन्। मोतीबिन्दु, आँखा रातो हुने, सुख्खा हुने, पानी आउने  जस्ता समस्याहरुका लागि अण्डा फाइदाजनक रहेको  छ।
 
७. स्वस्थ्य कपाल र नङका लागिः अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वहरुले कपाल र नङलाई बलियो बनाउन मद्धत पुर्याउँछ। अण्डामा एमिनो एसिड, सल्फर र जींक हुने भएकाले यसले शरिरका साथै छाला र कपाललाई समेत स्वस्थ्य बनाउँछ।  
 
८. हड्डीहरु बलियो बनाउँछः अण्डा भिटामिन डी को प्रमुख श्रोत मानिन्छ। यसले क्याल्सियमलाई सोसेर हड्डीहरु बलियो बनाउँछ। दूध, दही जस्ता डेरी उत्पादनका साथमा अण्डाको पनि सेवन गर्नाले उमेर बढ्दै जाँदा आउने हड्डीका समस्याहरु हटाउन मद्धत गर्छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site