Saturday, June 6, 2015

मनाङ मस्र्याङ्दी क्लबले बिहीबार नुवाकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण

0 comments
फुटबल र सामाजिक कार्यमा संलग्न लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले बिहीबार नुवाकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । मनाङले नुवाकोटको मनकामना गाविसस्थित वडा नम्वर २ र ३ का भूकम्प पीडितहरु
भूकम्पमा परी यो क्षेत्रमा १० जनाको मृत्यु भएको थियो । विनाशकरी भूकम्पले चेतखोर स्थित दाछुलिङ गुम्वा पुर्णरुपमा ध्वस्त भएको छ । राहत वितरण कार्यक्रममा पोखरा मनाङ गुम्वाका प्रमुख खेम्पो रिम्पोचेले ध्वस्त दाछुलिङ गुम्वाको पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मनाङका कोषाध्यक्ष दोर्जे गुरुङले खेलकुदका साथै सामाजिक सेवामा लागेको मनाङले विनाशकारी भूकम्पपछि उद्दार, राहत र पुननिर्माणमा सक्रिय भएको बताए । उनले मनाङका अन्य पदाधिकारी लमजुङ र गोरखामा राहत वितरण कार्यमै सक्रिय रहेको बताए ।
गुरुङ मनाङले अन्य प्रभावित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, दोलखा लगायत प्रभावित जिल्लामा पनि आवश्यक राहत सामग्री सहयोग गर्ने बताए । मनाङको राहत सामग्री पाएपछि दाछुलिङ गुम्वाका अध्यक्ष कविराज गुरुङले राहतले चेतखोरका बासिन्दाको दुःखमा मल्हम लगाउन सहयोग पुगेको प्रतिक्रिया दिए ।
मनाङले भुकम्पपछि गोरखाको वारपार्कका १४ सय घरधुरीलाई सात लाख नगद प्रदान गरेको थियो । यसैगरी गोरखाकै लाप्राकमा पाँचलाख, गोरखाको गुम्दा, केरुम्जा, काशीगाँउ, मान्वु धादिङको रि, सिम्ला, सिन्धुपाल्चोक, रामेछापको खुम्वुकास्थली, लमजुङको कोल्की, भाचोक र चिती गाविसका घरधुरीलाई त्रिपाल र खाद्यान्न सामग्री प्रदान गरेको मनाङ मस्र्याङ्दी क्लबका कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

लाई जस्ता, त्रिपाल, औषधी, खाद्य सामग्री वितरण गरेको हो । मनाङले भूकम्पबाट अति प्रभावित वडा नम्बर तीनको चेतखोर र दुईको तामाङ बस्तीका एकसय ६० घर धुरीलाई एकएक बन्डल जस्ता समेत उपलब्ध गराएको थियो। पीडित परिवारलाई मनाङका कोषाध्यक्ष दोर्जे गुरुङ लगायतका पदाधिकारीले राहत सामग्री हस्तान्तरण गरेका थिए । भूकम्पबाट मनकामना गाविसका चेतखोर र तामाङ बस्तीमा गरी लुईसय ५० घरमा पूर्ण क्षति पुर्याएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site