
विभागले तयार पारेको डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ। यो प्रविधि र डिजाइन अनुमोदन
विभागले न्यूनतम चार लाख ७१ हजारदेखि २० लाख रुपैयाँसम्मको लागतमा बनाउन मिल्ने घरका डिजाइन तयार गरेको हो। डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुने विभागले उल्लेख गरेको छ।
घरका अधिकांश डिजाइन र प्रविधि ग्रामीण क्षेत्रलाई केन्द्रित गरिएका छन्। विभागले दिएको प्राविधिक पक्ष पालना गरेमा गाउँमा तीन तलासम्मका घर बनाउँदा इन्जिनियरको सहयोग नलिए पनि हुन्छ। विभागका अनुसार त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुसाथै माटो परीक्षणसमेत अनिवार्य गर्नुपर्नेछ।
अहिले तयार पारिएका घरको डिजाइन र प्रविधि स्वीकृत भएपछि डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने योजना पनि सँगसँगै कार्यान्वयन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।
गाउँका जनताले आफ्नो आर्थिक क्षमताअनुसार घर बनाउनुपर्ने भएकाले न्यूनतम लागतमा सजिलै उपलब्ध हुनसक्ने प्रविधिलाई सरकारले जोड दिएको हो।
गाउँमा धेरैको माटो परीक्षण गराएर घर बनाउन सक्ने क्षमता नहुने भएकाले जुनसुकै किसिमका माटोमा पनि टिक्न सक्ने प्रविधि तथा निर्माण सामग्रीको संयोजन गरिएको विभागले जानकारी दिएको छ।
माटो परीक्षण गर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले गाउँका अधिकांश व्यक्तिको आर्थिक क्षमताले भ्याउँदैन। सहरी विभाग तथा भवन निर्माण विभागका उपमहानिर्देशक राजुमान मानन्धरले गाउँका जनताको आर्थिक क्षमता तथा सहजै उपलब्ध हुनसक्ने सामग्रीसमेतलाई ध्यान दिएर भूकम्प प्रतिरोधात्मक प्रविधिका घर बनाउन आवश्यक रहेको बताए।
'व्यक्तिको आर्थिक अवस्था, जग्गाको किसिम, सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्ने भएकाले सोहीअनुसारका घरका नमुना र प्रविधि तयार पारिएको हो', उनले भने। सहरी विकास मन्त्रालयले प्रस्तावित प्रविधि र डिजाइन स्वीकृत गरेपछि सोहीअनुसार नक्सा पास गरी घर बनाउने बाटो खुला हुनेछ।
भूकम्पले घर ध्वस्त भएका व्यक्ति तथा परिवारलाई दुई प्रतिशत ब्याजदरमा ऋण दिने भएकाले मन्त्रालयले केही दिनभित्रै प्रस्तावित प्रविधिलाई स्वीकृति दिने तयारी गरेको छ। असार १० मा हुने दाता सम्मेलनमा घरका डिजाइन तथा प्रयोग हुने प्रविधिका नमुना देखाउने सरकारको योजना छ।
डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्प प्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुन्छ।
भएपछि घर बनाउनेले यीमध्ये एक प्रविधि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।
0 comments:
Post a Comment