
यो सिजन उत्कृष्ट फर्ममा रहेका यि दुई टिमबीचको बहुप्रतिक्षित फाईनल खेल जर्मनीको बर्लिनमा नेपाली समय अनुसार राति साँढे १२ बजे शुरु हुने छ ।:३०
जारी सिजनमा युभेन्टसले सिरि ए र ईटालिएन कपको उपाधि जितेको छ भने बार्सिलोनाले ला लिगा र कोपा डेल रे को उपाधि जितेको छ । दुबै टोली सिजनको किर्तिमानी तेस्रो उपाधिको खोजीमा छन् ।
बार्सिलोनाले पछिल्लो समय सन् २००९ मा प्रशिक्षक पेपे ग्वार्डियोलाको कार्यकालमा यस्तो कीर्तिमानी उपलब्धी हासिल गरेको थियो ।
पहिलो पटक बार्सिलोना सम्हाल्न आएको प्रशिक्षक लुइस एन्रीके अहिले यही सफलता दोर्याउने दाउमा छन् ।
तर सेमिफाइनलमा डिफेन्डीङ च्याम्पीयन रियाल मड्रिड जस्तो बलियो प्रतिद्वन्द्वी पन्छाउदै १२ बर्षपछि फाईनल पुगेको युभेन्टस बार्सिलोनाको लागी सजिलो भने पक्कै हुने छैन ।
बार्सिलोनाले भने सेमिफाईलनमा बार्यन म्युनिखलाई पराजित गरेको थियो ।
७ पटक च्याम्पीयन्स लिगको फाईनल
खेलेको युभेन्टसले दुई पटक प्रतियोगिताको उपाधि जितेको छ भने समान ७ पटक नै फाईनलमा पुगेको बार्सिलोनाले भने ४ पटक उपाधि माथि कब्जा जमाएको छ ।
0 comments:
Post a Comment