Friday, June 5, 2015

भूकम्प पिडितका लागी २ प्रतिशत व्याजदरमा ऋण पाउन असम्भव जतिकै

0 comments
२२ जेठ, काठमाडौं । सहुलियत अर्थात् २ प्रतिशत व्याजदरमा भूकम्पले भत्किएको घर बनाउनका लागि ऋण माग्न बैंक जानुअघि तपाईले केही कुरा जान्नैपर्ने हुन्छ । नत्र तपाईले बैंकसम्म धाउने दुख मात्रै पाउनुहुनेछ ।

पहिलो कुरा, तपाईले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत व्याजदरमा ऋण पाउनुहुन्न । दोस्रो, कम्तिमा साउनको दोस्रो सातासम्म तपाईलाई घर बनाउन कुनै बैंकले ऋण दिँदैनन् ।

तपाईलाई लाग्न सक्छ, भूकम्पले भत्काएका घर बनाउन राष्ट्र बैंकले उपत्यकामा २५ लाखसम्म र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म बढीमा १० वर्षका लागि २ प्रतिशत व्याजदरमा ऋण दिन बैंकहरुलाई निर्देशन  दिइसकेकाले बैंकले तत्काल ऋण दिन्छन् । तर, वास्तविकता त्यस्तो छैन ।

तपाईको यो सोचाइ सही नै भए पनि सरकारी निकायको नीतिगत अष्पस्टता र ढीलासुस्तीका कारण ‘हात्ती आयो, हात्ती आयो फुस्स’ जस्तै भएको छ ।

तपाईले भत्किएको घर बनाउन बैंकको ऋण पर्खिनुभन्दा पनि असार/साउनको पानी छेक्ने बलियो टहरो बनाउनु नै बुद्धिमत्तापूर्ण हुनसक्छ ।

हालसम्म प्राप्त तथ्यांक अनुसार करिब पाँच लाख घरहरु बस्नै नहुने अवस्थामा छन् । यो आर्थिक वर्ष तपाईको घरको नक्सा पास नै हुँदैन । त्यसैले, नक्सा पास नभएको घरलाई कुनै पनि बैंकले ऋण दिादैनन् भन्ने कुरा तपाईले जान्नै पर्छ ।

जबसम्म सरकारले नयाा घरको नक्सा पास फुकुवा गर्दैन, तबसम्म घर बनाउनका लागि बैंकमा ऋण माग्न नगए हुन्छ । (यो पनि पढ्नुहोस-बैंकरको प्रश्न : गभर्नर सा’प नक्सा पास नभएका घरलाई कसरी ऋण दिउँ ?

राष्ट्र बैंकले सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरेको केही दिनपछि नै सरकारले यो आर्थिक वर्ष कुनैपनि घरको नक्सा पास नगर्ने निर्णय गरिसकेको छ ।

किन पाईादैन २ प्रतिशतमा ?

बैंकहरुले ऋणीसाग राष्ट्र बैंकले भनेअनुसार अर्थात् २ प्रतिशतमात्रै व्याज लिए पनि ग्राहकले त्यसबाहेक केही अतिरिक्त शुल्क व्यहोर्नु पर्नेछ । यद्यपि यस्तो कर्जामा बैंकहरुले सेवा शुल्कलगायतका शुल्क भने लिन पाउने छैनन् । तर, बीमाबापत लाग्ने शुल्क, धितोको मुल्यांकन गर्दा लाग्ने शुल्क, कर्जा सूचना र कर्जा सुरक्षण गर्दा लाग्ने शुल्क भने ऋणीले नै व्यहोर्नुपर्ने हुन्छ ।

यी शुल्कहरु जोड्दा तपाईले २ प्रतिशतमा पाउने भनेको ऋणको व्याजदर कम्तिमा ३ देखि बढीमा ४ प्रतिशतसम्म पर्न आउने बैंकरहरु बताउाछन् ।
सहुलियत व्याजदरसम्बन्धी कार्यविधिमा बीमा नगरिएको घरमा ऋण नदिने उल्लेख छ । त्यसैले सहुलियत दरको ऋण लिन तपाईले अनिवार्यरुपमा घरको बीमा गर्नैपर्ने हुन्छ ।

ऋण पाउन के-के गर्नुपर्छ ?

पहिलो कुरा त सहुलियत दरको ऋण लिन भूकम्पका कारण तपाईको घर बस्नै नहुनेगरी क्षतिग्रस्त भएको भनी सरकारी निकाय (गाविस/नगरपालिका)ले प्रमाणित गरेको हुनुपर्छ । त्यसपछि मात्रै तपाई सहुलियत दरको ऋणका लागि बैंकमा आवेदन दिन योग्य हुनुहुन्छ ।

दोस्रो, ऋण लिनका लागि तपाईसाग अनिवार्यरुपमा धितो (घर वा जग्गा) हुनुपर्छ । २५ लाख रुपैयाँ ऋण लिने हो भने तपाईसँग कम्तिमा बैंकका प्रतिनिधिले गरेको ५० देखि ६० लाख रुपैयाा मूल्यांकन गरेको धितो हुनुपर्छ । किनभने बैंकहरुले धितो मूल्यांकनको ४० देखि ५० प्रतिशत मात्रै ऋण दिन्छन् ।
त्यति मूल्य पर्ने जग्गा हुादा मात्रै तपाईले ऋण पाउनुहुन्न । ऋण तिर्न सक्ने गरीको आम्दानीको स्रोत पनि बैंकले खोज्छ । त्यसका लागि कि तपाईसाग जागिर हुनुपर्छ, कि त व्यापार व्यवसाय । कृषिबाट पनि चित्तबुझ्दो आम्दानी देखाउन सक्नुभयो भने तपाईलाई बैंकले ऋण दिन्छन् । नभए बैंकबाट खाली हात फर्किनुपर्ने हुन्छ ।

भूकम्प पीडितलाई दिइने आवासीय कर्जा भूकम्प पीडित भएकै कारणमात्रै नपाइने राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठ बताउाछन् ।
‘सामान्य अवस्थामा बैंकबाट ऋण लिन योग्य कागजात भएकाहरुले सहुलियत दरमा ऋण पाउने मात्रै हुन् ।’ श्रेष्ठले भने ।

ऋणको दुरुपयोग गरे सुकुम्बासी र जेल

घर बनाउन भनेर लिएको ऋण जग्गा वा घडेरी किन्न, व्यापार-व्यवसाय गर्नलगायतमा खर्च गर्नुभयो भने तपाईले कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकिङ कसूर अन्तर्गत जेल साजाय भोग्नुपर्ने हुन्छ । धितो राखेको जग्गा बैंकले लिलामी गर्छ र तपाई सुकुम्बासीसमेत हुन सक्नुहुन्छ । त्यसैले ऋण तिर्न सक्ने हैसियत छ भने मात्रै सहुलियत दरको ऋण लिनुहोस् ।

यो ऋण मिनाहा नहुने राष्ट्र बैंकका प्रवक्ता श्रेष्ठ बताउाछन् । ‘सहुलियत दरमा पाएको ऋण हो पनि मिनाहा पनि हुनसक्छ भनेर ऋणको दुरुपयोग भयो बैंकिङ कसूर ऐन अन्तर्गत जेलसम्म जानुपर्ने हुन्छ ।’ उनले भने- त्यसैले होसियार भएर ऋण लिनुहोला ।

सहुलित ऋणमा के-के सुविधा ?

भूकम्प पीडितलाई सहुलियत दरमा आवासिय ऋण दिन राष्ट्र बैंकले बैंकहरुलाई शून्य ब्याजदरमा एक वर्षका लागि पुनःकर्जा दिन्छ । र, बढीमा १० वर्षसम्म वाषिर्करुपमा पुनःकर्जाको नवीकरण हुन्छ । बैंकले तपाईको ऋण हरेक वर्ष नवीकरण गर्नेछन् ।

यस्तो ऋण लिएको एक वर्षसम्म तपाईले किस्ता तथा व्याज तिर्नुपर्ने छैन । तर, दोस्रो वर्षदेखि भने नियमितरुपमा किस्ता तिर्नुपर्छ । ऋणीले तोकिएको अवधि अगावै ऋण तिरे बैंकले अतिरिक्त शुल्क लिन पाउने छैन ।

0 comments:

Like us

 

Search

 
Enjoy the site