Monday, June 8, 2015

Menthol पुदिनाको सेवनले अनेकौ लाभ

0 comments
       पुदिना हामी धेरैले देखेका छौं । नदेख्नेले पनि पिपरमेन्ट, चकलेट, चेविङ गम आदिको माध्यमले खाइरहेका छौं । यसको औषधीमा महत्व पनि धेरै छ भन्ने कमैलाई थाहा होला । विश्वका करोडौं मानिस प्रभावित भइरहेको आईबी
    आईबीएस विश्वका १५ देखि २० प्रतिशत जनसंख्यालाई सताउने रोग हो । पेट दुखिरहने, पेट कटकटी खाने, कब्जियत हुने त कहिले झाडापखाला हुने फरक-फरक लक्षण देखाइरहने रोग हो यो । यसको निदान एवं उपचार पद्धति अहिलेसम्म एलोप्याथी र आयुर्वेदिक दुबैमा फेला परेको छैन । यसलाई व्यवस्थापन गर्न सकिने रोगमात्र भनिएको छ । अर्थात्, खानपान र मानसिक तन्दुरुस्तीबाट यसको जटिलताबाट जोगिने भनी स्वास्थ्यकर्मीहरुले सिफारिस गर्छन् । पानीको दह, इनार वा खेतबारीतिर बग्रेल्ती उमि्रने सानो वनस्पति हो पुदिना । आयुर्वेदमा यसको प्रयोग वर्षौंदेखि गरिँदै आएको छ । अहिले चकलेट, चेविङ गम, चुरोट, आइसक्रिम, केक आदिमा पनि पुदिनाको प्रयोग बढ्दो छ ।
                    पुदिनाको प्रयोगबाट पाउने फाइदाहरु बुधागत रुपमा तल हेर्नुहोस
१)मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।
२) रुघा ज्वरो र खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।
३)पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।
४)मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनी यो विधिले बलियो पार्दछ
५)रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।
६) दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।
७)बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ ।

     पुदिनामा हुने मेन्थोल तेलले आईबीएसजस्तो जटिल रोगमा प्रभावकारी भूमिका निर्वाह गर्दछ । मेन्थोलले आन्द्रा तथा मांसपेशी बलियो तथा लचिलो बनाउँछ । आन्द्राको सञ्चालनमा अवरोध आउँदा आईबीएसले सताउने गर्दछ ।
एस रोगमा पुदिनाको सेवनले निकै लाभ पुर्‍याउने बिभिन्न अध्ययनले देखाएको छ । पुदिनाको तेल पाचन प्रणालीको लागि निकै उपयोगी सावित भएको छ । आयुर्वेदमा संग्रहणी, ग्रहणी आदि नामले चिनिने आईबीएस अर्थात् इरेटल बाउल सिन्ड्रममा पुदिनाको सेवन लाभदायक मानिन्छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site