Monday, June 29, 2015

भारतले नेपालको अतिक्रमित ९६ रोपनी भूमि नेपाललाई फिर्ता

0 comments
      असार १४ । भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्तत नेपालले फिर्ता पाउने भएको छ । ८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो ।
     नेपाल र भारतबीच मुख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानी लगायत पर्छन् । ठोरी गाविसमा पर्ने ती दुई सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाढ्न भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको नापी विभागका एक उच्च सरकारी अधिकारी लेजानकारी दिए.

0 comments:

Like us

 

Search

 
Enjoy the site