Monday, June 29, 2015

दहीको नियमित सेवन र फाइदा

0 comments

      दही हाम्रो नियमित खानामा प्रयोग हुने खाद्य पदार्थ हो । हालै गरिएको एक अध्ययनले दहीले दिने फाइदाका बारेमा थप नयाँ कुरा पत्ता लागेको छ। दही स्वास्थ्यका लागि पनि निकै उपयोगी हुन्छ । यसैक्रममा डायबिटोलिजिया जर्नलमा प्रकाशित सोधमा दहीको नियमित सेवनले मधुमेह टाइप २ को सम्भावनालाई २८ प्रतिशतले घटाउने उल्लेख गरिएको छ ।
     शोधकर्ताहरूले गरेको शोध तथा अनुसन्धानबाट के पत्ता लागेको छ भने दुग्ध पदार्थको नियमित र सन्तुलित सेवनले मधुमेहको सम्भावनालाई २४ प्रतिशतले घटाउँछ । युनिभरसिटी अफ क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिल युनिटका वैज्ञानिक डा. नीता फोरौहीका अनुसार दहि र अन्य दुग्ध उत्पादनहरूमा प्रोटिन, भिटामिन, क्याल्सियम र सेचुरेटेड फ्याट धेरै हुने हुनाले टाइप २ बाट टाढा राख्नका लागि मद्धत गर्छ ।
शोधका दौरान शोधकर्ताहरूले करिब ३५ सय मानिसमा अध्ययन गरेका थिए ।


0 comments:

Like us

 

Search

 
Enjoy the site