Tuesday, June 9, 2015

प्रचण्ड रास्ट्रपति ,के.पी.प्रधानमन्त्री,सम्भिधान सुशील सरकारबाट जारी को सहमति

0 comments
लामो समयदेखिको राजनीतिक गतिरोधको अन्त्य गर्दै संविधानका विवादित मुद्दामा प्रमुख चार दलबीच १६ बुँदे सहमति कसरी सम्भव भयो भन्ने यतिखेरब व्यापक चासो बढेको छ । सोमवार राती सार्वजनिक गरिएका १६ बुँदे सहमति वाहेक अरु के के सहमति शीर्ष नेताहरुका बीच भए भन्ने चासो पनि त्यतिकै छ । चार दलको सहमतिलाई मिलाउन लागि लागेका उच्च स्रोतका अनुसार यो सहसमतिको पछाडि खासगरी तीन प्रमुख दलका बीचमा शक्ति बाँडफाँडको दह्रो सहमति भएको छ ।
                  १६ बुँदामा सैद्धान्तिक सहमतिको लिखित ड्राफ्ट तयार गर्नु अघि नेताहरुले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण शक्तिशाली पदहरुमा सहमति गरेका थिए । शीर्ष नेताहरुबीच सोमबार बिहान प्रदेशको संख्यामा सैद्धान्तिक सहमति भएपछि दिउसो बसेर शक्ति बाँडफाँडका बारेमा छलफल गरेका थिए । सोही छलफलबाट शक्ति बाँडफाँडको टुङ्गो लागेको हो
                स्रोतका अनुसार अब बन्ने भावी सरकारको नेतृत्व नेकपा एमालेलाई दिने सहमति भएको छ । जसअनुसार अब छिट्टै बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । त्यस्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति बनाउने सहमति पनि भएको छ । त्यसका लागि अहिले तत्काल संविधान जारी गर्ने र संविधान जारी गर्ने जस सुशिल कोइरालालाई दिने सहमति पनि दलहरुले गरेका छन् । सुशिल कोइरालाको सरकारले संविधान जारी गरेलगत्तै त्यो सरकार विघटन हुने र अर्को सरकार गठन गर्ने उनीहरुबीच सहमति भएको छ । एक महिनाभित्र संविधान जारी गर्ने सहमति पनि दलहरुबीच भएको छ ।
बैशाख १२ गते नेपालमा आएको महाविनासकारी भुकम्प एक हिसाबले यो सहमतिको कारक पनि बनेको छ । देशमा भुकम्पीय विपतीका बेला सरकारले कुनै प्रभावकारी भूमिका खेल्न नसकेपछि आम जनतामा नकारात्मक प्रभाव परेको थियो । विपत्तको सामना गर्न देशको कार्यकारी नेतृत्व व्यक्तिगत रुपमा पनि बलियो चाहिदो रहेछ भन्ने विश्लेषण भुकम्पका बीच धेरै भयो । भुकम्प गएको समय वरिपरि एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीका बीच कोइराला सरकारलाई विस्थापित गर्नेबारे गोप्य वार्ता भइरहेको थियो । आम जनतामा सरकारप्रति बढेको निराशा र आक्रोशको मौका छोपेर यी दुई नेताले राष्टिय सरकार गठनको बहस थाले । केही आलोचना भए पनि कोइराला सरकार फाल्नेमा धेरैको मौन सहमति देखा परेपछि उनीहरु हौसिएर सरकार गठनमै लागेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले खुलेरै केपीलाई प्रधानमन्त्री बनाउन लविङ समेत गरे । तर, हिसाब किताब गर्दा सरकार धन्न धन्न बहुमतको मात्र बन्ने स्थिति देखा पर्यो । त्यसका लागि केही समय उनीहरु कोइरालालाई विस्थापित गरेर त्यसको ठाउँमा केपी आउने र त्यो सरकारलाई कांग्रेसको पनि समर्थन कसरी लिन सकिन्छ भन्नेमा लागे । त्यो अभ्यासमा अलि केही समस्या देखियो । सोही क्रममा कोइरालालाई पनि केही न केही जस दिलाएर सरकार छोडाउने र सरकार बदल्ने योजनामा उनीहरु अगाडि बढेका हुन । त्यही योजना अनुरुप कोइराला सरकारबाट जसोतसो केही मिलाउन बाँकी भएको संविधान जारी गराउनतिर प्रचण्ड र ओली लागेको स्रोतका दावी छ । यसमा केही वैदेशिक शक्तिकेन्द्रको समेत हात रहेको स्रोतका दावी छ ।
           सहमति अनुसार अब असारभित्र संविधान जारी गर्ने र त्यसपछि सुशिल कोइरालाले पद छाड्नेछन् । त्यसपछिको सरकारको नेतृत्व केपी ओलीले गर्नेछन् । सरकार गठनपछि राष्ट्रपतिको निर्वाचन हुनेछ । जसमा एमाओवादी अध्यक्ष प्रचण्ड अहिलेदेखि नै तयारी गरिरहेको स्रोतको भनाई छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site