Tuesday, June 9, 2015

Jackie Chan ज्याकी चैन भुकम्प पीडितहरुलाई राहत लिएर काठमाडौँ

0 comments

       जेठ २६ , मंगलबार नेपाल आएका हलिउडका सुपरस्टार ज्याकी चैन ललितपुरको जावलाखेल पुगेका छन् । जावलाखेलको खेल मैदानमा पुगेर उनले त्यहाँ टेन्टमा बसेका भुकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए उनलाई रेडक्रसले नेपाल ल्याएको हो । मंगलबार ११ बजेर ५० मिनेटमा नेपाल आएका ज्याकी विमानस्थलबाट सोझै सोल्टी होटल पुगेका थिए । यसपछि उनी त्यहाँ केही समय आराम गरेर जावलाखेल पुगेका थिए ।
    
(9)प्रहरीको कडा सुरक्षाका विच उनले राहत वितरण गरेका हुन् । उनले राहतमा कुन-कुन सामाग्री वितरण गरेको नखुलाइएपनि वितरण गरिएको बाकसभित्र मानिसलाई आवश्यक पर्ने विभिन्न खालका सामाग्री भएको जानकारी दिइएको छ । लिएर काठमाडौँ
              उनी केही घन्टाका लागि नेपाल आएका हुन् । उनी आजै र्फकने कार्यक्रम छ ।  उनी करिब २० मिनेट जावलाखेल मैदानमा बसेका थिए । उनले संचारमाध्यमसँग कुनै प्रतिक्रिया भने दिएनन् ।
 त्यहाँ पुगेर उनले भुकम्प पीडितलाई राहत वितरण गरे । रेडक्रसको चिन्ह अंकित ज्याकेट लगाएका चैन हातमा गुलाब लिएर भुकम्प पीडितकोमा पुगेका थिए । उनले राहतका सामाग्रीसँगै गुलाबको फूल पनि दिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site