Wednesday, June 24, 2015

बाँसको ४० वर्षभन्दा बढी टिक्ने घर कम्तिमा साँढे ३ लाखमा तयार

0 comments


    ९असार, भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो । 
     बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुने र यस्तो घर नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल भएको कम्पनीको दाबी छ । बाँसको घर बनाउन फाउन्डेसनको लागि १५ दिन र घर पूरै निर्माण गर्न १५ दिन लाग्ने बताइएको छ ।
     कम्पनीले अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको जनाएको छ । भूकम्पपछि मात्रै डेढ सय घरको अर्डर लिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
      घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुने यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने विज्ञप्तीमा उल्लेख छ ।कम्पनीको हेटौंडामा रहेको उद्योगले बाँसको ट्रिटमेन्ट गरेपछि घरको फ्रेम निर्माण हुन्छ ।
     कम्पनीका अनुसार घरको फाउन्डेसनमा ढुंगा र सिमेन्ट प्रयोग हुन्छ । घरको छानो टिनको हुनेछ र भित्तामा बाँसमा सिमेन्टले प्लास्टर गरेपछि आर्कषक देखिने कम्पनीले जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site