Friday, June 26, 2015

भूकम्पले काठमाडौँलाई रातभरिमा ३ चोटी हल्लायौ

0 comments
काठमाडौं, आषाढ ११ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’को दुई महिना पुग्दासमेत पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
      विहीबार राति मात्रै तीनओटा पराकम्पन आएका छन् । विहीबार राति ९ बजेर ७ मिनेटमा नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएको थियो । जसको धक्का काठमाडौंसम्म महसुस गरियो ।
       यस्तै, विहीबार मध्यराति ११ बजेर ४९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन मापन भएको थियो ।
      यसको दुई मिनेटपछि नै राति ११ बजेर ५१ मिनेटमा नुवाकोट र सिन्धुपाल्चोकको सीमा आसपास केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
      यसअघि, बुधबार ४ म्याग्निच्यूडमाथिको एकओटा पराकम्पन मापन भएको थियो भने मंगलबार कुनै पराकम्पन मापन भएन । सोमबार पनि एकओटा मात्रै पराकम्पन आएको थियो ।  
      शक्तिशाली गोरखा भूकम्पपछि शुक्रबार बिहानसम्म ४ म्याग्निच्यूडमाथिका ३३० ओटा पराकम्पन राष्ट्रिय भूकम्प मापन केन्द्रले मापन गरिसकेको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site