Friday, June 26, 2015

मोबाईल ढिला,ह्यंग हुने समस्या छभने एसो गर्नुस ठिक हुनसक्छ

0 comments

            मोबाइल स्लो भएर हैरान हुनु भयो भने मोबाइलको स्पिड बढाउने ५ उपाय थाह पाईराखौ
एन्ड्रोइड अपरेटिङ सिस्टम सहितको मोबाइल तपाइ पनि बोक्नु हुन्छ होला। नयाँ किन्दा जस्तो स्पिड नभएर हैरान पनि पक्का हुनु हुन्छ होला। खुरुखुरु मोबाइल चलाउने अनि मोबाइललाइ औषधि उपचार गर्ने त पक्का पनि गर्नुहुन्न। अनि ‘स्लो’ भयो, ‘ह्याङ्ग’ भयो, ‘रेस्पोन्स’ गरेन भन्दै साथिभाइ संग टिप्स लिँदालिँदा अब त स्लो नै भएपनि त्यसैमा बानी नै परेको होला।
      तपाइले सानो सानो कुराहरुमा ध्यान दिनुभयो भने पनि प्रोसेसिङ को साथै रेस्पोन्स स्पिड पनि बनाउन सकिन्छ मोबाइलको।
    डाउनलोड अनि इन्सटल गरिएका एप, क्यासमा बसेका डाटा, ब्याकग्राउण्डमा चलिरहेका एप, एनिमेसन स्पिड, अादि कैयौ कुराहरुले तपाइको मोबाइलको पर्फरमेन्स निर्धारण गर्ने गर्छ।
तपाइको एण्ड्रोइड मोबाइलको स्पिड ५ टिप्सहरु तल प्रस्तुत गरिइकाछन्।
१. नचालाइले एप तथा गेमहरु डिलिट गर्नुहोस।
केहि नयाँ भेट्यो कि डाउनलोड गरिहाल्ने अनि अलि दिन पछि चलाउन छोड्ने, धेरै जस्तो गेम वा एपमा हामी यस्तै गर्छौ। यस्ता एपहरु नचालाउदा पनि तपाइको मोबाइलको सिपियुको मा केहि न केहि रिसोर्स ओगटि रहन्छ, ब्याकग्राउण्ड सर्विसको लागि। त्यस्तै मेमोरीलाइ पनि यत्रतत्र छरिरहन्छ, जसलाइ फ्राग्मेन्टिङ भनिन्छ। त्यसैले नचालाइले एपहरु डिलिट गर्नुहोस।
२. क्यास्ड डाटा किल्न गर्नुहोस्।
क्यास्ड डाटा सामान्यतया तपाएको सजिलोको लागि राखिन्छ। जस्तो कुनै एप वा साइट खोल्दा सामान्यतया धेरै प्रयोग भइरहने फोटो तथा आइकनहरु तपाइकै मोबाइलमा स्टोर भएको हुन्छ। यो क्यास्ड डाटाहरु कुनै एप डिलिट गरेपनि स्टोर भइरहेको हुन सक्छ, जसले तपाइको मोबाइलको मेमोरी ओगटिरहेको हुन्छ। समय समयमा क्यास्ड डाटा क्लिन गर्ने गर्नुहोस।
३. एनिमेसनहरु कम गर्नुहोस् वा बन्दै गर्नुहोस।
एनिमेसनले तपाएको सिपियु रिसोर्स निरन्तर ओगटिरहेको हुन्छ। Settings >> About Phone जानुहोस, Build number खोज्नको लागि तल स्क्रोल गर्नुहोस अनि सात चोटि ट्याप गर्नुहोस, एउटा म्यासेज आउछ तपाइ डेभलपर हो भन्ने। ब्याक जानुहोस, Developer option देख्नुहुनेछ System भित्र। त्यहाँ जानुहोस अनि Window animation scale, Transition animation scale, र animatior duration scale को लागि तल स्क्रोल गर्नुहोस। प्रत्येकलाइ .5x वा off गर्नुहोस।
४. अपटुडेट रहनुहोस।
नयाँ अपडेटहरुमा पुराना सफ्टवेरमा भएका समस्याहरु समाधान भएर आएका हुन्छन। जसले सिपियु, र्याम लगायतका हार्डवयर्स र एपहरु बिचको कम्युनिकेसन राम्रो गराउछ। तपाएको मोबाइलको अपरेटिङ सिस्टम अपटुडेट हुनु जरुरी हुन्छ।
५. फ्याक्ट्रि रिसेट गर्नुहोस।
फ्याक्ट्रि रिसेटले तपाइको मोबाइलको सेटिङ्स तथा डाटाहरु क्लियर गर्छ। Settings>>Backup & reset>>Factory Data reset मा जानुहोस रिसेटको लागि।

0 comments:

Like us

 

Search

 
Enjoy the site