Friday, June 26, 2015

१८ बर्षिय श्रीमतीसहित ७ जनाको हत्या गरि कतारमा

0 comments
     पत्नी ,सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् ।
     सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा बसिरहेका हुन् । उनले पत्नी १८ बर्षिय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको खुलेको छ ।
    इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको छ ।इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो । सकिलले सुनसरीमा पत्नी, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ । यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ ।
    साहको लास गाडिएको थिएन । यस्तै सदरुल मिया र उनकी बुहारी सागिरा खातुनको सप्तरीकै बिसनपुरबाट दुई किलोमिटर दक्षिणमा रहेको कुखुरा फार्ममा मारेर गाडेका थिए । सप्तरी प्रहरीले गाडेको शव फेला पारेको छ।



0 comments:

Like us

 

Search

 
Enjoy the site