Friday, June 26, 2015

सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नपाने

0 comments
      ११ आसार, काठमाडौ । सरकारले आवासीय भवनमा सटर वा पसल राख्न नपाने ब्यवस्था गर्न लागेको छ । भवन निर्माण सम्बन्धी मापदण्ड संशोधन गरी सहरी विकास मन्त्रालयले यस्तो नियम ल्याउन लागेको हो । यो प्रस्ताव मन्त्रीपरिषदले पारित गरेपछि अब निर्माण हुने आवासीय भवनमा सटर तथा पसल राख्न पाइने छैन । सटर र पसलको स्वीकृति लिए त्यस्तो भवन स्वतः ब्यापारिक मानिनेछ ।
      त्यस्तै, ६ मिटरभन्दा कम चौडाइको सडक वरपर बन्ने भवनमा पनि सटर राख्न नपाइने भएको छ । सटर राख्दा कम्तीमा ३ मिटरको ‘सेट ब्याक’ छाड्नुपर्ने प्रस्तावमा रहेको कारोबार दैनिकमा खबर छ ।
    सहरी विकासले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२’ मा सुझावका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रस्ताव पठाएको छ । सरोकारवालासँग छलफलपछि स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गरिनेछ ।
     मापदण्डमा तीन तलाभन्दा अग्ला सबै आवासीय र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल/कलेज, अस्पताल, नर्सिङ होम, पार्टी प्यालेस, सिनेमा हल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने र योजनाअनुमति लिनुपर्ने ब्यवस्था गरिएको छ ।
     १७ मिटरभन्दा अग्ला भवनका लागि थप भौगर्भिक परीक्षण तथा भूकम्पीय विश्लेषण प्रतिवेदनसहित नक्सापास अनुमतिका लागि निवेदन दिनुपर्ने ब्यवस्था गरिएको छ । खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरेका क्षेत्रमा घर बनाउन नदिइने पनि प्रस्ताव गरिएको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site