Sunday, June 21, 2015

ब्राजिलका नेयमर ४ खेलमा प्रतिबन्ध

0 comments
काठमाडौं, आषाढ ५ । ब्राजिलियन स्टार नेयमारले चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने भएका छन् ।
     कोलम्बियाविरुद्धको खेलमा रातोकार्ड पाएका २३ वर्षीय स्टारमाथि शुक्रबार ४ खेलको प्रतिबन्ध लागेसँगै उनले कोपा अमेरिका गुमाउने भएका हुन् ।
     कोलम्बियाविरुद्धको खेलमा ब्राजिल १–० ले पराजित भएको थियो । सोही खेलपश्चात नेयमारले हानेको बलले कोलम्बियाका पाब्लो अर्मेरोलाई लागेपछि तनाव उत्पन्न भएको थियो । सोहीक्रममा विवाद हुँदा नेयमार र कार्लोस बाकाले रातोकार्ड पाएका थिए ।
   तत्कालै नेयमारमाथि एक खेलको प्रतिबन्ध लागेको थियो । तर, दक्षिण अमेरिकी फुटबल महासंघले उनीमाथिको निर्णय पुनरावलोकन गर्दै ४ खेलको प्रतिबन्ध लगाएको हो । कोलम्बियाका बाकामाथि भने दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
     नेयमार र बाका दुबैले यो निर्णयविरुद्ध अपिल भने गर्नसक्ने जनाइएको छ । नेयमारको प्रतिबन्धले ब्राजिललाई अप्ठ्यारो पर्ने अनुमान गरिएको छ ।




0 comments:

Like us

 

Search

 
Enjoy the site