Sunday, June 21, 2015

२०७२ एसएलसी नतिजा अनुसार नुवाकोटबाट ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण

0 comments
     आषाढ ४ शुक्रबार सार्वजनिक यस वर्षको एसएलसी नतिजा अनुसार नुवाकोटबाट ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
    नियमित तर्फ चार हजार सात सय १९ जनाले एसएलसी परीक्षा दिएकोमा विशिष्ट श्रेणीमा एक सय १३, प्रथम श्रेणीमा एक हजार १५, द्वितीय श्रेणीमा एक हजार तीन सय चार, तेस्रो श्रेणीमा ६८ जना गरी दुई हजार पाँच सय जना अर्थात ५२ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यो संख्या गत वर्षको तुलनामा ८ प्रतिशत बढी हो ।
    एक सय २३ वटा माविबाट विद्यार्थीहरु सहभागी भएको परीक्षामा सामुदायिकतर्फ पृथ्वी मावि विदुर र नीजी विद्यालयतर्फ उत्तरगया बोर्डिङ स्कूल बेत्रावती, स्टार इङ्लिस बोर्डिङ स्कूल कोलोनी, ब्रिलियण्ट एकेडेमी ढुंगे र लाङटाङ स्नो भ्यू बोर्डिङ बोर्डिङ स्कूल ककनीले शतप्रतिशत नतिजा ल्याएका छन् ।
शून्य प्रतिशत नतिजा ल्याएर यस वर्ष शहिद जगतप्रकाश जंग शाह संस्कृत मावि देविघाट निल भएको छ ।
५० जनाभन्दा कम सहभागी गराएर मुकुन्देश्वरी उच्च मावि चाउथे ९४ दशमलव ७३ प्रतिशत, राष्ट्रिय मावि थानसिंङले ८९ दशमलव ४७ प्रतिशत अंक प्राप्त गरेका छन् भने ५० भन्दा विद्यार्थीको परिक्षामा सहभागीताका आधारमा कल्याणीदेवी उच्च मावि, बेल्कोटभञ्ज्याङ मावि, विन्दूकेशर उच्च मावि र महादेव उच्च मावि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
     यसैगरी, सामुदायिक विद्यालयतर्फ २७ र संस्थागत विद्यालयतर्फबाट ८६ जनाले विशिष्ट श्रेणीमा उर्तिण गरेको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ ।
सुभेनियर बोर्डिङ स्कूलले संस्थागत विद्यालयको तर्फबाट सबैभन्दा धेरै ३२ जना विद्यार्थी विशिष्ट श्रेणीमा उतिर्ण गराएको छ भने, सामुदायिकतर्फ महादेव उच्च मावि रातमाटेले ४ जना विद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।
     नुवाकोटमा एक्जाम्टेडतर्फ यस वर्ष एक हजार तीन सय ३५ जनाले परीक्षा दिएकोमा दुई सय ११ जना अर्थात १५ दशमलव ८० प्रतिशत उत्तिर्ण भएका छन् ।

सम्पूर्णविवरण  हेर्नुहोस्

0 comments:

Like us

 

Search

 
Enjoy the site