Sunday, June 7, 2015

China cruise disaster नदीमा पल्टेको जहाजलार्इ क्रेनको सहायताले सिधा बनाइए

0 comments



एजेन्सी : चीनको याङ्गत्से नदीमा जहाज डूब्दा भएको दुर्घटनामा परेर चार सय बढीको ज्यान गएको छ । ४ सय ५६ यात्रु बोकेको जहाज सोमबार डुब्दा त्यसमा सवार १४ जनलार्इ मात्र जीवितै बचाउन सकिएको थियो ।

सोमबार नदीमा जहाज डुब्दा मारिनेको संख्या अहिलेसम्म ३ सय ९६ पुगेको छ । उनीहरुको शव नदीबाट निकाल्ने क्रम जारी छ । नदीमा पल्टेको यो जहाजलार्इ क्रेनको सहायताले शुक्रबार सिधा बनाइएको छ ।

अधिकारीका अनुसार अब कुनै पनि मानिसक जीवित रहने सम्भावना एकदमै कम छ । जहाजमा रहेका ४५६ यात्रु र चालक दलका सदस्यमध्ये केबल १४ जनालार्इ मात्र बचाउन सकिएको हो ।

नदीमा जहाजसँगै डुबेका एक सय बढी यात्रु अहिले पनि वेपत्ता छन् । उद्धारकर्मीले जब क्रेनको मद्धतमा जहाजलार्इ सिधा बनाए तब जहाजभित्र अड्केका सयौ शव नदीमा खस्न पुगे ।

चीनको समाचार एजेन्सी सिन्हवाले अधिकारीलार्इ उधृत गर्दै जनाए अनुसार जहाजभित्र अब कुनै पनि यात्रु जीवितै भेट्ने सम्भावना छैन । दुर्घटनामा मारिएका व्यक्तिका आफन्तले पदर्शन गरेपछि राष्ट्रपति सि जिनपिङ्गले यो मामिलाको विस्तृत जाँच गर्न आदेश दिएका छन् ।

दुर्घटनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । यात्रीका परिवार र पत्रकारहरुले घटनाबारे सरकारले कुनै सूचना नदिएको आरोप लगाएका छन् । जहाज डुब्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैना । दुर्घटनामा बाँचेका यात्रुले नदीमा आएको तुफानका कारण जहाज पल्टेको बयान दिएका छन् ।

जहाजका कप्तान र प्रमुख इन्जिनियरले भने आफ्नो ज्यान बचाउन सफल भएका  छन् । उनलार्इ त्यहाँस्थित प्रहरीले तत्कालै हिरासतमा लिएको छ ।

दुर्घटनामा परेको यो जहाजको दुर्इ वर्षअघि सुरक्षानियम उल्लङ्घन गरेको अभियोगजमा जाँच गरिएको थियो ।  चीनमा यसअघि सन् १९९९ यस्तै जहाज दुर्घटनामा परेको थियो ।

त्यो बेला सेनडोङ्ग प्रान्तमा एक जहाजमा आगोलागी हुँदा समुद्रामा डुबेको थियो । त्यो दुर्घटनामा करिब २८० जना यात्रु मारिएका थिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site