Thursday, June 11, 2015

Qatar कतारको कम्पनीले भुकम्प पिडित कामदारहरुको घरघरमा गइ सहयोग

0 comments
जेठ २७ , चितवन । कतारको एल एबल कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुका परिवारलाई भेट्न कम्पनीका प्रतिनिधिहरु गाउँगाउँ पुगेका छन् ।
गत बैशाखमा गएको विनाशकारी भूकम्पमा आफ्ना कामदारले भोग्नु परेको क्षतिको अनुगमन गरी सहयोग गर्ने उद्देेश्य अनुरुप उक्त कम्पनीले आफ्ना प्रतिनिधिहरुलाई नेपाल पठाएको हो । गत जेठ २१ गते उक्त कम्पनीका प्रतिनिधीहरु नेपाल आएका थिए ।
सोही कम्पनीमा सबै कामदारहरुको सामाजिक संस्था एरोसले आफ्नो कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुलाई घर निर्माणका लागी सहयोग गर्ने भएको हो ।
चितवनमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा एसोसका कन्भेनर तथा सहयोग अभियानका संयोजक भारतीय नागरिक मिजियास ईकेले नेपालको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने चाहनाअनुरुप नेपाल आएको बताए ।
कम्पनीका प्रतिनिध मिजियासले भूकम्पले पीडित बनेका आफ्ना कम्पनीका कार्यरत कामदारको परिवारको विचल्ली देखेर दुखित भएको बताए । उनले कामदारको परिवारको घर पुर्ननिर्माणमा लाग्ने बताए ।
उनले कामदारको घर पुर्ननिर्माणका लागी ३० लाख बराबरको सहयोग जुटिसकेको उल्लेख गरे । अहिलेसम्म योजना गरिएको रकम थोरै भएको उल्लेख गर्दै उनले कतार फर्किएपछि यो रकम बढाएर सबैको घर निर्माण सहयोगका लागी पहल गर्ने बताए ।
एरोस अन्तरगतका कामदारहरुले भूकम्पपीडित कामदारहरुको सहयोगका लागी १० लाख रुपैया संकलन गरिसकेका थिए भने त्यो रकमको दोब्बर २० लाख एल एबल कम्पनीको तर्फबाट संकलन भईसकेको बताइएको छ ।
सोही कम्पनीमा कार्यरत तथा नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष घनश्याम पराजुलीसमेत कम्
पनीको प्रतिनिधिको रुपमा ५ दिनका लागि नेपाल आएका थिए ।
नेपालका भूकम्प प्रभावित जिल्लाहरु धादिङ्, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाहरुका कामदारहरु उक्त कम्पनीमा कार्यरत रहेको कार्यक्रममा जानकारी दिए ।
अनलाइन खबरबाट

0 comments:

Like us

 

Search

 
Enjoy the site